निना महर्जन, ब्युटिसियन ।धेरै युवतीलाई आफ्नो खुट्टा खस्रो र नराम्रो लाग्ने पनि हुन्छ । यस्तो अवस्थामा खुट्टालाई नरम र आकर्षक बनाउन कागती, स्याम्पु, कन्डिसनर र मनतातो पानीले सफा गर्नुपर्छ । धेरैलाई खुट्टाका विभिन्न समस्याले चिन्तित बनाइरहेको हुन्छ । जुत्ता–मोजा सफा हुँदा पनि अत्यधिक गनाउने, आवश्यकभन्दा धेरै फुस्रो देखिने र शरीरका अन्य अंगभन्दा कालो देखिने हुन सक्छ । सामान्य घरेलु विधि अपनाए पनि यस्तो समस्या सजिलै समाधान गर्न सकिन्छ ।
जुत्ता–मोजा लगाएका वेलामा अनावश्यक माब्त्रामा खुट्टा गनाउँदा कतिपय अवस्थामा आफैँलाई असहज महसुस हुन्छ । जुत्ता–मोजालाई दिनदिनै सफा गर्दा कागती र तेल मिसाएर मनतातो पानीमा केही समय डुबाएर सफा गर्नुपर्छ । यसले खुट्टामा भएकोे गनाउने समस्या कम हुन सक्छ । नियमित रूपमा हप्तादिनसम्म यसो गरे खुट्टा गनाउने समस्या समाधान हुन्छ ।
धेरै युवतीलाई आफ्नो खुट्टा खस्रो र नराम्रो लाग्ने पनि हुन्छ । यस्तो अवस्थामा खुट्टालाई नरम र आकर्षक बनाउन कागती, स्याम्पु, कन्डिसनर र मनतातो पानीले सफा गर्नुपर्छ । यसरी सफा बनाएको खुट्टा क्रिम लगाएर २० देखि २५ मिनेटसम्म मोल्नुपर्छ । जसले गर्दा खुट्टा नरम र आकर्षक देखिन्छ । साबुनपानीले नियमित रूपमा कहिल्यै खुट्टा धुनु हुँदैन ।
कहिलेकाहीँ साबुनपानीले खुट्टा धोए पनि नियमित यसो गर्नु हुँदैन । कतिपय युवतीको शरीरका अन्य अंगभन्दा खुट्टा कालो हुन्छ । यस्तो अवस्थामा चन्दनको पाउडर राखेर सफा गरेमा समस्या समाधान हुन सक्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment