Sunday, February 26, 2017

अझै रोकिएन ‘नांगो साबुन’बिरुद्धको विज्ञापन

जनहितका नाममा बेनामे विज्ञापन प्रकाशन तथा प्रसारण गरेर स्थानीयरुपमा उत्पादित साबुनविरुद्ध आतंक मच्चाउने काम अझै रोकिएको छैन। ‘नांगो साबुन विरुद्ध’ माघको पहिलो सातादेखि दैनिक अखबारहरुमा आएको उक्त विज्ञापन उपभोक्ता हित संरक्षण, बजार प्रतिस्पर्धा ऐन, नियमालीका विरुद्धमा भएको सरकारी निकायहरुले ठहर गरिसक्दा पनि उक्त विज्ञापन एफएम रेडियोहरुबाट भने बजिरहेको छ। गएको माघ १४ गते प्रेस काउन्सिलले विश्वासनियताको लागि विज्ञापन दिने व्यक्ति वा संस्थाको नाम अनिवार्य उल्लेख गर्नुपर्ने ठहर गरेको थियो। उक्त विज्ञापनमा त्यस्तो नभएको भन्दै यसले आचारसंहिता उलंघन भएको बताएको थियो।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment