स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतलाई बुधबार सिरहा जिल्ला अदालतले तेस्रो पटक थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । देश विखण्डनको गतिविधि गर्दै आएको आरोपमा जनकपुरबाट पक्राउ परेका राउतर्ला सिहरा ल्याइएको थियो ।
इलाका प्रहरी कार्यालय लहान मार्फत् राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दायर गरिएपछि अदालतमा पेश गरिएका राउतलाई अदालतले तेस्रो पटक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । राउतलाई पहिलो पटक माघ २१ गते सिरहा जिल्ला अदालतले अनुसन्धानका लागि १० दिनसम्म थुनामा राख्न आदेश दिएको थियो । राउतलाई पक्राउ गरेको विरोधमा प्रदर्शन गर्ने राउतका ८ कार्याकर्ता पनि प्रहरी हिरासत छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment