Sunday, February 26, 2017

नेपालद्धारा जापानलाई १० गोल

पाँचौ एसियन आप्रवासी फूटबल लिगको पहिलो खेलमा नेपालले जापानबिरुद्ध १० गोल गर्दै आफ्नो यात्रा अगाडि बढाएको छ ।

कतार फुटवल एशोसियसनद्धारा दोहामा शुक्रबार राती सम्पन्न खेल अबधीभर नेपालले शशक्त उपस्थीति देखायो । खेलमा शिव श्रेष्ठ र अर्जुन सुब्बाको ह्यट्रिक रह्यो । गणेश खड्काले २, अमिर श्रेष्ठ र अनिल धिमालले १–१ गोल गरेका थिए ।

नेपाली फुटबल टिमका प्रशिक्षक सञ्जिव वाइवाले नेपालमा ए डिभिजन खेल खेलिसकेका खेलाडीको उपस्थीतिले टिम बलियो भएको भएको बताए । खेलको चौथो मिनेटमा अमिरको पासमा अर्जुन सुब्बाले पहिलो गोल गर्दै खाता खोलेका थिए ।

त्यसको एक मिनेट पछि सुदेश श्रेष्ठ पासमा शिव श्रेष्ठले अर्को गोल थपेको थियो । खेलको सातौं मिनेटमा सुब्बा, नवौ मिनेटमा धिमाल, सोह्रौं मिनेट शिव, २५ औ मिनेटमा गणेश, ३३ औ मिनेटमा अर्जुनले गोल गरेका थिए ।
३४ औ मिनेटमा शिवले पनि आफ्नो ह्यट्रिक कायम गरे । ३९ औं मिनेटमा टिम कप्तान अमिर श्रेष्ठ गोल गरे ।

खेलको ५८ औ मिनेटमा जर्सी न. ९ का गणेश खड्काले गोल गर्दै नेपालको गोल सख्या १० मा पुगेर रोकियो ।

यसअघि उद्घाटन सत्रमा लेबनानले इण्डोनेसियालाई २–० ले जितेको थियो । उद्घाटन सत्रमा एसियन मुलुकका १२ देशका राजदुत उपस्थीति भएका थिए । नेपालको दोश्रो खेल मार्च ३ तारिख साँझ ८ बजे मलेशियासँग अल अहली क्लबको सुबिधा सम्पन्न स्टेडियममा अध्यक्ष सञ्जिव रानाभाटले बताए ।

तीन महिनासम्म हुने प्रतियोगितामा १२ देशका समुदायस्तरका फुटवल टिम सहभागी छन् । समुह ‘ए’ मा इन्डोनेसिया, लेवनान, जोर्डन, भारत, दक्षिण कोरिया र चीन छन् । समुह ‘वी’ मा मलेसिया, सिंगापुर, नेपाल, जापान, श्रीलंका र फिलिपिन्स छन् ।  कर्णाली न्यूज।।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment