काठमाडौं– आइजिपी नियुक्तीसम्बन्धी अदालतमा विचारधीन अन्तरिम आदेशसम्बन्धी विवादको टुंगो आज लाग्ने सम्भावना छ ।
नियुक्ती सम्बन्धी मुद्दामा विपक्षी सरकारका तर्फबाट बहस पैरवी सकिएको छ । बुधवार पक्षका कानुन व्यवसायीको बहस सकिएपछि अदालतले यो विषय टुंगाउन सक्छ ।
योसँगै यस अघि अदालतले जारी गरेको सरकारी निर्णय कार्यन्वयन नगर्ने भन्ने अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने यकिन हुनेछ ।
सरकारले आइजीपीमा जयबहादुर चन्दलाई नियुक्ती गरेपछि अर्का प्रत्याक्षी नवराज सिलवाले रिट दर्ता गराएका थिए । सिलवाले बरिष्ठता मिचेर आइजिपी नियुक्ती गरिएको दावी गरेका थिए । निर्णय तत्काल कार्यन्वयन गर्न अन्तरिम आदेश आएपछि मन्त्रीपरिषद्ले प्राविधिक तर्फका डा.दिनेशचन्द्र पोखरेललाई निमित्त आइजिपीको जिम्मेवारी दिएको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment