। रुस र चीनले भिटो प्रयोग गरी संयुक्त राष्ट्रसंघले सिरियामाथि प्रतिबन्ध लगाउन गरेको प्रस्ताव बिफल पारिदिएका छन्।
अमेरिका, ब्रिटेन र फ्रान्सले सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको भन्दै ल्याएको प्रस्ताव रुस र चीनले अस्वीकृत गरेका हुन्।
अहिलेसम्म सुरक्षा परिषद्को प्रस्तावविरुद्ध उभिएर रुसले सिरियाली सरकारको बचाउ गरेको यो सातौं पटक पुगेको छ ।
यता सिरियामा भएको २०११ को गृहयुद्ध पछि चीनले छैटौं पटक सुरक्षा परिषद्को प्रस्तावविरुद्ध उभिएर साथ दिएको हो। सन् २०१३ मा रुस र अमेरिकाबीचको सम्झौतापछि रासायनिक हतियार नष्ट गर्न सिरियाली सरकार सहमत भएको थियो।
आफ्नै जनताविरुद्ध रासायनिक हतियार प्रयोग गरेको आरोप लाग्दै आएका सिरियाली राष्ट्रपति बशर अल असादले उक्त आरोप अस्वीकार गर्दै आएका छन्। लामो समय देखि चलेको सिरियाली गृहयुद्धका कारण लाखौं मानिस मारिएका छन् भने देशको आधाभन्दा बढी जनसंख्या शरणार्थी बन्न बाध्य भएका छन्।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment