Wednesday, March 1, 2017

चर्पीको खाल्डो खन्दा अस्थीपञ्चर भेटिएपछि…


जुम्लाः जुम्लाको चन्दननाथ नगरपालिका–५ भारतीबाडामा शैचालयको खाल्डो खन्दा मानव कङ्गाल फेला परेका छन् ।

मंगलबार बिहान शौचालयकालागि सेफ्टी ट्याङ्की निर्माण गर्न खाल्डो खन्ने क्रममा तीनवटा मानव अस्थीपञ्चर फेला परेका हुन् ।
खाल्डो खन्दै जाँदा करिब ९ फिट गहिराईमा ढुङ्गाको घेरो लगाएर राखिएको अवस्थामा मानव अस्थीपञ्चर भेटिएको स्थानीय शिवलाल डांगीले बताए । मावन कङ्काल सयौं वर्ष पुराना हुन सक्ने अनुमान गरिएको छ ।

महरी र भण्डारीको वस्ती रहेको उक्त क्षेत्रमा धेरै पहिले चिहान रहेको डांगीको भनाइ छ ।

स्थानीय जुगाडको खोला बगिरहेको भारतीबाडामा धेरै वर्ष पहिले तलाउ रहेको समेत बताइएको छ । ‘पहिले यहाँ तलाउ थियो,’ उनले भने, ‘खोला किनारमा रहेका ओढारहरुमा मानिसहरु बस्ने गर्दथे ।’

मानव कङ्कालहरु निकै पुराना भएको डांगीको भनाइ छ । भेटिएका मानव कङ्काललाई बोरामा हालेर सुरक्षित राखिएको छ। धेरै भेटिएमा संग्रहालयको रुपमा विकास गर्न पहल गर्नुपर्ने स्थानीयको धारणा रहेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment