Wednesday, March 1, 2017

छोरी सेनापतिकै सामु गति छाडा भएपछि...


काठमाडौं । आफूले हाकिमलाई भन्नुपर्ने कुरा वाइनले मातेकी जवान छोरी मार्फत बक्न लगाउँदा जंगी अड्डामा बबाल छ ।
शिवरात्रि तथा सेना दिवसको साँझ १२ गते शुक्रबार सर्वसाधरणको लागि निषेधित क्षेत्रमा पुगेर शैनिक अधिकृतकी छारीले प्रधानसेनापतिसँग अन्टेसन्टे कुरा गर्न थालेपछि रमिता चलेको हो ।

तीनतारे जर्नेलहरु बलदेव महत, पूर्णचन्द्र थापासहित, प्रधानसेनापतिपत्नीहरु यस्तो दृश्य हेरेको हेरै भए ।
कुरा हो ।
सिपाहीबाट जागिर खाएर कर्णेलसम्म बन्दा अनेकन काण्डमा कहलिएका केदार भुजेलको । सैनिक दिवसको अवसरमा आयोजित अफिसर्स पार्टीमा भुजेलकी छोरी बिनाहिच्किचाहट राजेन्द्र क्षेत्रीको अगाडी गएर मेरा बाबा किन युएन अब्जर्भरमा परेनन् ? भन्दै चिच्याइन् ।
प्रधानसेनापतिका अगाडी सेनाको कुनै अधिकृत नै भएपनि अनुशासनलाई ख्याल गर्दै त्यस्तो शैलीमा प्रस्तुत हुन मिल्दैन । तर, भुजेलले छोरी लगाएर बबाल मच्चाउँदा रात्रिभोजको माहोल नै अशान्त बन्न पुग्यो ।
उनलाई क्षेत्रीले मुखै खोलेर केही जवाफ त दिएनन् । साह्रै रिसाएजस्तो व्यवहार पनि गरेनन् । केही समयसम्म प्रधानसेनापतिको अघितिर उभिएर यस्ता कुरा गरेपछि सैनिक प्रहरीले घिस्याएर निकालेका थिए । महिला बर्दिधारीले यसरी निकाल्दा उनी डन्ट टच मी भन्दै कराउँदै थिइन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment