Sunday, February 26, 2017

नेपाल चीनको प्राथमिकतामा, पूर्वाधार निर्माण सहित उर्जामा सहयोग गर्ने



चीनले नेपालको पूर्वाधार निर्माण, ऊर्जालगायतका सहयोग गर्ने जानकारी गराएको छ । चीनले अघि सारेको वान वेल्ट वान रोड परियोजना अन्तर्गतको ओबिओआर अन्तर्राष्ट्रिय प्लेट फर्मको ४१ सदस्यीय प्रतिनिधि मण्डलले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै सो जानकारी गराएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार भएको उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकास र सम्वृद्धिका लागि वान बेल्ट वान रोड परियोजना धेरै महत्वपूर्ण रहेको बताउँदै यसमा ओबिओआरको अन्तर्राष्ट्रिय प्लेटफर्मको पहलप्रति आभार व्यक्त गरे ।

उक्त अवसरमा प्रतिनिधि मण्डलले दक्षिण एसियाली मुलुकहरुमध्ये नेपाललाई चीनले धेरै महत्व दिएको बताउँदै नेपालको पूर्वाधार निर्माण, उर्जा, कृषि, पर्यटनलगायतका क्षेत्रमा सघाउन आफूहरु तयार रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment