Sunday, February 26, 2017

संशोधन विधेयक पारित गराउन कांग्रेसले पहल गर्ने


 व्यवस्थापिका संसद्मा सैद्धान्तिक छलफल भएको संविधान संशोधन विधेयकलाई पारित गराउन नेपाली कांग्रेसले निर्णय गरेको छ ।
वरिष्ठ नेता राचन्द्र पौडेल पक्षले बैठक बोलाउन माग गरेको भोलिपल्टै आइतबार बसेको उक्त बैठकले संशोधन विधेयक पारित गराउन सबै किसिमको उपाय अवलम्बन गर्ने निर्णय गरेको हो

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा आइतबार मधेशबाट प्रतिनिधित्व गर्ने सांसद सहित बसेको सो बैठकले संविधान संशोधान विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको हो ।

संविधान संशोधन विधेयक, राजदूत नियुक्ति लगायतमा असन्तुष्टि जनाउँदै नेता रामचन्द्र पौडेल पक्षले शनिबार बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई भनेको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले एमालेसहितका विपक्षी दलहरु पनि संविधान संशोधनको पक्षमा आउनु पर्ने बताए । उनका अनुसार संविधान संशोधन विधेयकमाथि पार्टीगत रुपमा कुनै संशोधन प्रस्ताव दर्ता हुने छैन ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment