बुटवल । रुपन्देहीको पश्चिम क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने विभिन्न सडक तथा पुल निर्माण प्रारम्भ भएका छन् ।
सैनामैना चक्रपथ तथा मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक, दानव नदी पुल कर्साघाट, सैनामैना नगरपालिकादेखि सेमलार जोड्ने सडक योजना एकैसाथ सुरु भएका हुन् ।
ती योजनाले रुपन्देहीको पश्चिम क्षेत्रका ग्रामीण क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र जिल्ला सदरमुकामसँगको दूरी छोटिने भएको छ । यी सडक योजनाको लागत रु एक अर्ब १५ करोड ८२ लाख ८३ हजार १६५ रहेको जिल्ला डिभिजन सडक कार्यालयले जनाएको छ ।
यस्तै सैनामैना–१ कर्साघाटमा दानव नदी माथि पुल तथा सेमलार जोड्ने सडक करिब रु १४ करोड ६० लाख पाँच हजार ४४४को लागतमा निर्माण गरिने भएको छ । एकसय अठ्ठाइस मिटर लम्बाइ तथा ११ मिटर चौडाइ रहेको पुल आव २०७५÷०७६ मा निर्माण सम्पन्न हुने अनुमान छ ।
क्षेत्रीय तथा पर्यटकीय सडकअन्तर्गत सैनामैना चक्रपथ सडक समेत एकैसाथ निर्माण प्रारम्भ भएको छ । रु ६९ करोड ९८ लाख ९९ हजार ४५९ को लागतमा निर्माण गरिने सो चक्रपथ आव २०७४÷०७५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयका प्रमुख मेघराज मरासिनीले जानकारी दिए ।
यस्तै मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक सम्भावित प्रादेशिक सडकको रुपमा यसलाई अगाडि बढाइएको छ । यो सडकको बजेट रु ११ करोड, ७९ लाख ९७ हजार १६४ मा बोलपत्र स्वीकृत गरिएको हो ।
यस्तै,रामापुर–लुम्बिनी सडक निर्माणका रु नै करोड ७० लाख ५२ हजार ३२८ मा बोलपत्र स्वीकृत भएको छ । क्षेत्रीय तथा पर्यटकीय सडकको रुपमा निर्माण गरिने यो सडक आव २०७४÷०७५ सम्ममा निर्माण सम्पन्न गरिने सो कार्यालयले जनाएको छ ।
निर्माण सुरु गरिएका यी योजनाको पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपमहासचिव विष्णु पौडेलले मङ्गलबार एकै दिन शिलान्यास गरेका थिए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment