Wednesday, March 1, 2017

यस्तो अवस्थामा भुलेर पनि पानी नपिउहोस्, घातक हुन सक्छ


एजेन्सी । पानी जीवन हो भन्दा पनि अतियुक्ति हुँदैन । पानी विना हामी केही बेर समेत रहन सक्दैनौं । तर पानी जुन बेला पायो त्यही बेला भने पिउन नहुने आयुर्वेदमा उल्लेख छ । पूर्वीय दर्शनको औषधी विज्ञान नै मानिने आयुर्वेदले पानी कुन कुन बेला पिउँदा घातक भनेर उल्लेख गरेको छ ।

आयुर्वेदमा उल्लेखित र विशेषज्ञ चिकित्सकहरुले समेत सही ठानेका पानी पिउन नहुने १० अवस्था यहाँ चर्चा गरिएको छ ।

१. अति नै थाकेको बेलाः एकदम थाकेको समयमा वा पसिना आउने गरी श्रम गरे लगत्तै पानी पिउनु घातक हुन्छ । केही समय विश्रामपछि मात्र पानी पिउनु पर्छ ।

२. दौड या ब्यायामपछिः दौडेपछि वा ब्यायाम अर्थात शारीरिक अभ्यास लगत्तै पानी पिउनु हुँदैन । शारीरिक अभ्यासपछि असिन पसिन भएको भएपनि केहीबेर विश्राम गरेर मात्र पानी पिउनु पर्छ ।

३. मैथुन कार्य गर्ने वित्तीकैः यौन क्रिडा गरे लगत्तै पनि तत्कालै पानी पिउनु हुँदैन । केही बेरपछि मात्र पानी पिउनु पर्छ ।

४. अति नै भोक लागेको बेलाः अति नै भोक लागेको बेलामा पानि पिउनु घातक हुन्छ । अति भोकपछि केही खाना खाएपछि मात्र पानी पिउनु पर्छ ।

५. शरीर असजिलो अवस्था वा आसन मा छ भने साथै सुतेको अवस्थामा पनि पानी पिउनु हुँदैन

६. खाना खानु तुरुन्त अगाडी र तुरुन्त पछाडी पानी पिउनु स्वास्थ्यका लागि घातक मानिन्छ ।

७. अति तातो चिज खाने वित्तिकै पानि पिउनु वर्जित छ । केही बेरपछि मात्र पानी पिउनुस् ।

८. पानी पिए लगत्तै सत्नु अहितकर मानिन्छ ।

९. फलफुल खाएपछि पानी पउनु राम्रो मानिदैन । फलफुल खाएको केही बेरमा मात्र पानी पिउनु राम्रो मानिन्छ ।

१०. सुर्ती चुरोट धुवाँ तथा खैनी गुट्खा सुपारी सँगै पानि पिउनु घातक मानिन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment