Sunday, March 12, 2017

फेसबुकमा लभ परेर भेट्न जाँदा आफ्नै बुहारी परेपछि

… एजेन्सी। कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् ।कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ । कुरू केहि समय अगाडिको हो चीनमा यस्तै भएको छ ।

 कहिल्यै नभेटेका र नदेखेका जो कोही पनि फेसबुक मार्फत् साथी बन्न सक्छन् । अनलाइनमा साथी बनेर माया प्रेम समेत बसेपछि भेट्न जाँदा आफ्नै ससुरा बुहारी परेपछि वित्यास ।

चीनको हेलोगजियांग प्रान्तमा यो घटना भएको थियो । ससुरा बुहारी दुबैले आफ्ना पत्नी र पतिलाई छलेर फेसबुकमा कुराकानी गर्दर्थे ।दुबैले तस्वीर राखेका थिएनन् । नाम र तस्वीर काल्पनिक राखेर कुराकानी गर्दथे । ५७ वर्षे ससुरा वागं र बुहारी लिलीका बिच लामो समय सम्म फेसबुकमै कुराकानी भयो

कुराकानीका क्रममा वागंले आफु एउटा कम्पनीको कालीक भएको र श्रीमतीको मृत्यु भएको बताउँथे भने बुहारीले आफ्ना श्रीमान् जेल परेको बताउँथिन् । हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो । यस्तै क्रममा उनीहरुका बीच एउटा होटलमा भेट्ने तय समेत भयो । लिलिका श्रीमान् घर बाहिर गएका थिए ।

श्रीमतीले अर्कै केटालाई भेट्न होटल जाँदैगरेको उनले श्रीमतीको उक्त फेसबुक एकाउन्ट चलाउँदा थाहा पाए । यो कुरा थाहापाएपछि उनी रंगेहात समात्न पुगे । लिलीले होटलको ढोका टक्टक्याउँदा ससुराले ढोका खेले ।

 दुवै लाजले रातो पीरो । पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो । लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुटपिट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसुबक लभको को चक्करमा प्रहरीले सासुबुहारीलाई केरकार गरिरहेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment