Thursday, March 16, 2017

फर्सीमा भगवान शिवको आकृति


काठमाडौं । अछामको भटाकाटियास्थित एक किसानको बारीमा फलेको फर्सीमा भगवान शिव जी को तस्बिर देखिएको विश्वासका आधारमा फर्सीको पुजाआजा गर्न थालिएको छ ।

भटाकाटिया गाविस वडा नम्बर ४ का तितबहादुर साउँदको बारीमा फलेको फर्सीमा भगवान शिव जी को तस्विर र दायाँ तिर चन्द्रमाको चित्र देखिए पछि फर्सीको पुजाआजा गर्न थालिएको हो ।

बर्खा याममा फलेको फर्सी रुखबाट केहि दिन पहिले निकाल्न खोज्दा टल्किए पछि भगवान शिव जी को तस्विर देखिएको तितबहादुरले जानकारी दिए। ‘ श्रीमती फर्सी निकाल्न गएकी थिईन् । नजिक पुग्दा त टल्किए पछि मलाई बोलायो’ तितबहादुरले भने, ’हेर्दा त स्पस्ट रुपमा शिव जी को तस्विर छ ।’

स्थानीय पुरोहित काँसिराम खनालले फर्सीमा भगवान शिव जी को तस्विर स्पस्ट रुपमा देखिएकोले धुप बक्ति बालेर पुजा गर्न थालिएको जानकारी दिए। फर्सीमा शिव जी को तस्विर देखिएको खबर सुनेपछि छिमेकी गाउँका मानिसहरु यति बेला फर्सी हेर्न आउने गरेको साउदले जानकारी दिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment