Thursday, March 16, 2017

६८ वर्षीय दुर्गे कामीले दिए एसईई परीक्षा

स्याङ्जाको सिद्धार्थ माध्यमिक शिक्षा परीक्षा दिँदै ६८ वर्षीय दुर्गे कामी लगायत अन्य विद्यार्थी।

स्याङ्जाः पढ्ने चाहनालाई उमेरले छेक्दैन भने झै मुलुकभर बिहीवारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा स्याङ्जाका ६८ वर्षीय वृद्ध दुर्गे कामीले नियमिततर्फबाट परीक्षा दिएका छन्। फेदिखोलास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा भएको परीक्षा केन्द्रबाट उनले परीक्षा दिएका हुन्।

लामो र सेतो दाह्री र जुंगा। लामै छ कपाल पनि। टाउँकोमा टोपी। विद्यालय पोशाकमै आएर उनले परीक्षा दिएका हुन्। फेदिखोलास्थित कालाभैरव माध्यमिक विद्यालयका नियमित छात्र उनी ४ वर्षदेखि सोही विद्यालयमा पढ्दै आएका थिए।

३ देखि ५ कक्षासम्म खहरे प्राथमिक विद्यालय र त्यसपछि कालाभैरव माविमा कक्षा ६ मा भर्ना भएर पढ्दै आएका उनले पहिलो दिनको अंग्रेजी विषयको परीक्षा राम्रो भएको बताए। जेष्ठ नागरिक दुर्गे कामीले अनुशासित र मर्यादित भर्इँ परीक्षा दिएको सिद्धार्थ माविका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष मनोजकुमार शर्माले जानकारी दिए।
यसैगरी स्याङ्जामा माध्यमिक शिक्षा परीक्षामा नियमिततर्फ ६ हजार २ सय २८ र एक्जाम्टेडतर्फ ९ सय ३७ गरी ७ हजार १ सय ६५ विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले जानकारी दिए।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment