Tuesday, March 7, 2017

एमाले नेताहरुले रातारात छाडे मधेस, अभियान छाडेर सबै काठमाडौं फर्किए

मेची–महाकाली अभियानका क्रममा सप्तरीको राजविराजमा प्रहरीको गोली लागेर मधेसी मोर्चाका चार कार्यकर्ता मारिएपछि एमाले नेताहरु अभियान छाडेर राजधानी फर्किएका छन् ।

केही नेता सोमबार राति नै बर्दिबासको बाटो हुँदै सिन्धुली आएर बास बसेका थिए । अध्यक्ष केपी ओली प्रहरी स्कर्टिङमा गृहजिल्ला झापा पुगेर बास बसेका थिए ।

नेता कृष्ण गोपाल श्रेष्ठले अधिकांश नेता मंगलबार राजधानी आइसक्ने जानकारी दिए । हिंसात्मक घटनालगत्तै मधेस अशान्त भएपछि एमाले नेताहरु तीन दिनका लागि अभियान रोकेर त्यहाँबाट हिंडेका हुन् ।

ओली भद्रपुरबाठ विमानमार्फत काठमाण्डु आउने श्रेष्ठले जाकनारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबारै टेलिफोन वार्ताका क्रममा स्थितिलाई थप उत्तेजित हुन नदिन आन्दोलन रोकेर राजधानी फर्कन आग्रह गरेका थिए ।

त्यसलगत्तै बसेको एमाले स्थायी समिति बैठकले तीन दिन आन्दोलन रोक्ने निर्णय गरेको थियो ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment