Tuesday, March 7, 2017

केपी ओली झापाबाट काठमाडौं आउँदै, धुम्बाराहीमा विशेष पत्रकार सम्मेलन

एमालेले सप्तरी गोली काण्ड र त्यसपछिका घटनाक्रमबारे पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार (आज) अपराह्न तीन बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

अध्यक्ष केपी ओलीले विशेष पत्रकार सम्मेलनको आयोजना गरेको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए । मेची–महाकाली अभियानका क्रममा सप्तरीको राजविराजमा प्रहरीको गोली लागेर मधेसी मोर्चाका चार कार्यकर्ता मारिएपछि एमालेले तीन दिनका लागि अभियान स्थगनको घोषणा गरेको छ ।

नेताहरु अभियान छाडेर राति नै काठमाण्डु फर्किएका छन् । केही नेता काठमाण्डु आइसकेको र केही बाटैमा रहेको रिजालले बताए । एमालेले जबजस्र्ती कार्यक्रम गरेको र मधेसी जनताविरुद्ध अपमानजनक व्यवहार प्रदर्शन गरेका कारण घटना भएको आरोप सत्तापक्ष र मधेसी मोर्चाले लगाएको छ । एमालेले भने घटनामा आफ्नो दोष नरहेको बताएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment