फोहोर जम्ने ठाउँलाई हामी इयरबक्स पनि भन्नेगर्छौं । हामीले घरेलु तरिका अपनाएर कान भित्र रहेका फोहोरहरु तथा खोँटहरु सफा पार्न सक्छौं । कानभित्रको फोहोर कहिलेकाहिं निकै कडा भएर तपाईं डाक्टरकोमा पनि जानुहुन्छ । कानलाई लिएर हामी धेरै जोखिम उठाउन सक्दैनौं ।
कानको खोंट जेल जस्तै लुब्रिकेन्ट हुन्छ । जो मरेका सेल्सहरुले बनेको हुन्छ । यहाँ सानो रौं पनि मिसिएको हुन्छ । इयरबक्स कानको सुरक्षाको लागि पनि रहेको हुन्छ । यहाँ धेरै फोहोर जम्यो भने हामीले कम सुन्छौं ।
कहिलेकाहिँ यसैको कारण कानमा दुख्ने तथा संक्रमणको खतरापनि हुनसक्छ । यसले सुन्ने भागलाई बन्द गराइदिनसक्छ ।
यी घरेलु उपायबाट आफ्नो कान सफा राख्नुहोस् ।
1. कानभित्रको फोहोर सफा गर्ने पुरानो तरिका कानभित्र एक वा दुई थोपा बदामको तेल हालि उहि दिशामा टाउको ढल्काएर राख्नुहोस् । ५ मिनेटसम्म यसरी राख्नुभयो भने जमेको फोहोर लेदो बन्नेगर्छ र विस्तारै बाहिर निस्कने गर्छ ।
2. बदामको तेलमा तोरीको तेलपनि मिसाउन सक्नुहुनेछ । तर बदामको तेलको मात्रा अलि धेरै हुनुपर्छ । तेलको प्रयोगबाट तपाईंको कानमा रहेको जमेको फोहर पानी बनेर बाहिर निस्कनेछ ।
3. बदामको तेल र तोरीको तेल जस्तै बेबी तेलपनि प्रयोग गर्नसक्नुहुन्छ । तर तोरीको तेलमा बेबी तेल मिसाउँदा तोरीको तेलको मात्रा धेरै हुनुपर्छ । तेल प्रयोगगर्दापनि तपाईंको कानमा फाहोर निस्केन या दुख्यो भने चिकित्सकको मा जानुहोस् ।
4. कानमा रहेको फोहोर निकाल्न वा कान चिलाउँदा हामी सिन्का वा हाइड्रोजन पाराक्साइड प्रयोग गर्नु हुन्न । कान संवेदनशिल भएकाले घोँच्ने बस्तु प्रयोग गर्नुहुँदैन । हामीले हयरपिन जस्ता कानमा घोँच्ने वस्तुप्रयोग गर्दा कानको जालि विग्रने खतरा हुन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment