काजुमा मोनो स्याचुरेटेड फ्याट हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ र मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । यो कोलेस्टेरोलरहित हुन्छ । छालाका लागि पनि काजुलाई दूधमा रगडेर लगाउनाले सुन्दर र नरम हुन्छ । काजुको नियमितसेवनले कपाल झर्नबाट रोक्छ । यसमा सोडियम कम र पोटासियम बढी हुन्छ, जसले रक्तचाप पनि कम गर्छ । काजुमा एन्टी अक्सिडेन्ट, जस्तै, भिटामिन इ र सेलनियमन पनि पाइन्छ, जसले क्यान्सरबाट बचाउँछ । यसमा हुने जिंकले संक्रमणविरुद्ध लड्न मद्धत गर्छ । काजुको सेवन प्राकृतिक रुपले डिप्रेसनको उपचार हो । काजुमा पाइने म्याग्नेसियमले शरीरमा सेरोटोनिनको स्तर बढाउँन मद्धत गर्छ । सेरोटोनिनलाई खुशी राख्ने रसायन भनिन्छ । यसका अलावा यो प्रोटीनको पनि राम्रो स्रोत हो । यसमा पाइने कपरले शरीरमा इन्जायमको गतिविधि, हार्मोनको उत्पादन, मष्तिष्कको कार्यमा मद्धत गर्छ । काजुमा एकप्रकारको तेल हुन्छ, यो भिटामिन बीको राम्रो स्रोत हो । यहीकारण यसलाई तत्काल शक्तिदायक खाद्यपदार्थ मानिन्छ । खालीपेटमा महका साथ काजु खानाले स्मरणशक्ति चाँडै बढ्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment