गोलभेँडाले खानालाई स्वादिलो त बनाउँछ नै, शरीरलाई स्वस्थ राख्न पनि मद्दत पु¥याउँछ । गोलभेँडाका केही गुण यस्ता छन्ः
• कपाल र छाला चम्काउँछ : घामबाट आउने विकिरण, प्रदूषण आदिका कारण कपाल झर्ने, पातलो हुने, फुस्रो हुने र टुक्रिनेलगायत समस्या आउँछन् । साथै, छाला सुखा, रुखो र फुस्रो हुने गर्छ । गोलभेँडा खाँदा यसमा पाइने लाइकोपेन नामक तत्वले कपाल र छालालाई चम्किलो बनाइराख्छ । साथै, गोलभेँडालाई अनुहारमा दल्नाले यसले ‘फेसियल क्लिन्जर’को काम राम्रोसँग गर्छ ।
• क्यान्सरको जोखिम घटाउँछ : गोलभेँडा खानाले यसमा पाइने लाइकोपेन नामक तत्वले शरीरमा क्यान्सरका कोषको विकास र विस्तार हुने क्रम कम हुन्छ भन्ने विभिन्न अनुसन्धानका नतिजाले देखाइसकेका छन् । खासगरी गोलभेँडा खानाले प्रोस्टेट र आन्द्राको क्यान्सर हुने सम्भावनालाई कम गर्छ । गोलभेँडा जति पकायो, यसमा रहेको लाइकोपेनको मात्रा उति बढ्ने भएकाले गोलभेँडा फत्काएर तयार पारेको अचार खाने गरिरहनुपर्छ ।
• हड्डी बलियो पार्छ : गोलभेँडामा भिटामिन–के र क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ, जसले हड्डीलाई बलियो बनाउँछ ।
• चुरोटको हानि कम गर्छ : चुरोट पिउने अथवा चुरोट पिउनेसँग निकटको सम्बन्ध हुने व्यक्तिको फोक्सोलगायत अंगमा समस्या उत्पन्न हुने गर्छ, जसलाई गोलभेँडामा पाइने काउमरिक एसिड र क्लोरोजेनिक एसिडले कम गरिदिन्छन् ।
• रगत शुद्ध बनाउँछ : गोलभेँडामा भिटामिन–ए र भिटामिन–सीजस्ता एन्टी–अक्सिडेन्ट तत्व प्रशस्त मात्रामा पाइन्छ, जसले रगतलाई शुद्ध बनाउँछ । गोलभेँडाको सलाद खायो भने भिटामिन–सीको आपूर्ति शरीरमा बढी हुन्छ ।
• मुटु बलियो बनाउँछ : गोलभेँडामा पाइने भिटामिन–ए, भिटामिन–बि, पोटासिमजस्ता तत्वले मुटुसम्बन्धी रोग लाग्ने जोखिम घटाउनुका साथै रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नसमेत दिँदैन ।
• सुगर नियन्त्रण गर्छ : गोलभेँडामा क्रोमियम नामक तत्व पाइन्छ, जसले रगतमा सुगरको मात्रा बढ्नबाट जोगाउँछ । त्यही भएर डायबेटिजका रोगीले गोलभेँडा सकेसम्म बढी खाने गर्नुपर्छ ।
• पाचनक्रिया बलियो बनाउँछ : गोलभेँडा खाने गर्नाले कब्जियत निको हुने र पाचन क्रिया बलियो हुने गर्छ । खाना खाइसकेपछि अन्त्यमा पाकेको एउटा गोलभेँडा खाने गर्नु राम्रो हुन्छ ।
• रोगप्रतिरोधी क्षमता बढाउँछ : गोलभेँडामा पाइने भिटामिन–ए र खनिजले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछन् ।
• तनाव घटाउँछ : गोलभेँडामा भिटामिन–सी प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरमा रहेको स्ट्रेस हार्मोन कम गरी व्यक्तिलाई तनावरहित बनाउन मद्दत गर्छ ।
• बोसो कम गर्छ : गोलभेँडा खाने गर्नाले शरीरमा कार्निटाइन नामक एमिनो एसिडको मात्रा बढ्छ, जसले शरीरमा रहेको अनावश्यक बोसो काट्ने गर्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment