छत्तिसगढ राज्यको सुक्मा जंगल क्षेत्रमा भएको घटनामा परी अन्य तीन जना घाइते भएको उच्च प्रहरी अधिकारी आर के भिजले जानकारी दिए ।
विद्रोहीले अवरोध गरेको सडक खुलाउन जादा अर्धसैनिक बल माथि आक्रमण भएको थियो । झण्डै सय जना अर्धसैनिकहरु सडक खुलाउन त्यसतर्फ जाँदै गरेको प्रेस ट्रष्ट अफ ईन्डीयाले जनाएको छ ।
भारतको पूर्वी तथा मध्यभागमा चीनका नेता माओ जेडोङ्गबाट प्रेरित माओवादी विद्रोहीहरु झण्डै तीन दशक देखि लड्दै आएका छन ।
किसान र गरिबलाई धेरै भन्दा धेरै सम्पत्ति र जागिर दिलाउन भन्दै उनीहरुले विद्रोह गरेको बताएका छन । भारत सरकारले यो विद्रोहलाई भारतको सवै भन्दा ठुलो सुरक्षा चुनौतीको रुपमा लिएको छ । रासस/एपì
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment