Friday, March 24, 2017

केटाको नजिक हुन केटीले गर्ने ६ गल्ती


पुरुष आकर्षित गर्न महिलाहरुका आ-आफ्नै शैली हुन्छन् । तर कतिपय महिलाले पुरुषलाई आकर्षित गर्ने कोशिस गर्दा गम्भिर गल्ती गर्ने विशेषज्ञहरु बताउँछन् ।

यहाँ त्यस्तै ६ गल्तीको चर्चा गरिएको छ जुन् महिलाले पुरुषको नजिक हुन खोज्दा गर्छन् ।


१ धेरै मेकअपः 

अधिकाँश महिलालाई लाग्छ मेक अप गरेपछि सुन्दरी होइन्छ र सबैले मन पराउँछन् । यस्तै सोंचेर महिलाहरुले निकै धेरै मेकअप लगाउने गर्दछन् जुन राम्रो बानी होइन । अत्याधिक मेकअप गर्ने महिलालाई पुरुषले मन पराउँदैनन् ।



२ भेट्न जाँदा ढिलाः 

महिलाहरु पुरुषलाई भेट्न जाँदा ढिला पुग्ने गर्छन् । कुराउनु खासै ठूलो कुरा नभएको ठान्छन् उनीहरु तर वास्तविकता यसको ठिक विपरित छ । यदि तपाईं कुनै पुरुषलाई भेट्न जादै हुनुहुन्छ भने समयमै पुग्नुहोस ।

३ भोकै बस्नेः

महिलाहरु भोको बस्ने कुरामा अब्यस्त हुन्छन् । शरीरलाई स्लिम राख्न उनीहरु यसो गर्छन् । पुरुषहरुसँग बस्दा पनि उनीहरुले भोको बस्ने गर्दछन् जुन राम्रो मानिँदैन । महिला भोकै बस्दा पुरुष साथी पनि भोको रहन बाध्य हुन्छ । तर याद राख्नु पर्ने कुरा के भने महिलासँग नजिकिएपछि पुरुषले उसको फिगर भन्दा बढी बानी ब्यवहार र सोंचमा ध्यान दिन्छन् ।

४ छोटो कपडाः 


महिलाहरुलाई लाग्छ छोटा कपडा लगाउँद सेक्सी भइन्छ । तर सँधै यो कुरा सत्य हुँदैन । बरु पुरुषले तपाइँलाई प्रेम गर्छ भने उसले तपाइँको पहिरनमा कम ध्यान दिन्छ ।

५ नक्कल गर्नुः 

महिलाहरु अरुको नक्कल गरेर स्मार्ट बन्न खोज्छन् । नक्कल गरेर स्मार्ट बन्ने र पुरुषलाई प्रभावित गर्न खोज्ने महिलाको बानी पुरुषलाई भने पटक्कै मनपर्दैन । आफ्नो व्यवहार र बोल्ने तरिका आफ्नो जस्तै राख्नुहोस् ताकि तपाइँ तपाइँ नै रहनु होस् ।

६ नकारात्मक कुराः

महिलाहरुमा नकारात्मक कुरालाई प्राथमिक बनाउने बानी हुन्छ । आफ्ना दुःख ब्यथालाई हाइलाइट गरेर चासो पाउने उनीहरुको चाहना कहिले काँहि घातक बन्छ । खाली गनगन गर्ने महिला पुरुषलाई मन पर्दैन ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment