Friday, March 24, 2017

पहिलो भेटमा भुलेर पनि नगर्नुस् यी ५ कुरा


प्रेमी वा प्रेमिकासँग पहिलो भेटमा के गर्ने भन्ने धेरैलाई अलमल हुन्छ । अधिकाँश जोडीहरु पहिलो भेटमा चाहिने भन्दा बढी कुरा गर्छन् र ब्यवहार पनि त्यस्तै देखाउँछन् ।


यहाँ पहिलो भेटमा गर्न नहुने ५ कुराको चर्चा गरिएको छ ।

१ पूर्व प्रेमी वा प्रेमिकाको कुरा

पहिलो भेटमा कुनै पनि केटा वा केटी आफ्नो हुनेवालाको पहिला को को सँग सम्बन्ध थियो भन्ने कुरा सुन्न चाँहदैनन् । त्यसैले पहिलो भेटमा पूर्वहरुको कुरा गरेर माहौल नविगार्नुस् । पुरानो सम्बन्धको कुरा गर्दा तपाइँ पुरानो सम्बन्धबाट मुक्त नभइसकेको समेत अर्थ लाग्छ । यदी पुराना सम्बन्धबारे प्रश्न नै आयो भने पनि कम भन्दा कम भन्नु बुद्धीमानि हुन्छ ।

२ पहिरन र समय



यदि तपाइँ केटी हो भने पुरानो फेसनले पनि फरक नपर्ला तर केटा हो भने पहिलो भेटमा जहिले पनि स्मार्ट देखिने पहिरनमा जानु्स् । समयमै पुग्नुस् र पहिरन सुहाउँदो लगाउनुस् । त्यतिमात्र होइन सके सम्म राम्रो पर्फ्युम समेत लगाउनुस् । शरीरबाट गन्ध आउने बनेर पहिलो भेटमा जानु भो भने तपाइँको सम्बन्ध धरापमा पर्न सक्छ ।

३ धेरै नपिउनुस्


पहिलो भेटमै अत्याधिक पिउनु राम्रो होइन । अझ असहज मानेर धेरै पिउन थाल्नु भो भने त यसले नै तपाइँको पहिलो भेटलाई ध्वस्त पार्न सक्छ ।

४ फुर्ती

पहिलो भेटमै आफ्नै जागिरको, आफ्नै कपडा वा आफ्नै गाडीको फुर्ति लाउन थाल्नु भो भने सम्झिनुस् तपाइँले गल्ति गर्दै हुनु हुन्छ । बरु धेरै भन्दा धेरै सुन्ने कोशिस गर्नुस् ।

५ फोनको प्रयोग



पहिलो पटक भेट्न गएको बेला खाली फोन चलाउने र मेसेज पठाउने गर्न थाल्नु भो भने अर्कोलाई राम्रो लाग्दैन । पारिवारिक जमघटमा खाँदा पनि फोन टेवलमै भएपनि राम्रै मानिन्छ तर पहिलो पटक प्रेमी वा प्रेमिकालाई भेट्न जाँदै हुनुहुन्छ भने यस्तो गल्ती नगर्नुस् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment