पक्राउ पर्नेमा जिल्लाको हतिसर्वा गाविस– ६ बस्ने १८ वर्षीय युवक मोतिराम महरा रहेको जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
युवक महराले मेघनाथ गोरहन्ना गाविस– ७ का विद्या पासवानसँग आफ्नी आमाको अवैध सम्बन्ध रहेको र अवैध क्रियाकलापमा संलग्न रहेकै अवस्थामा उनले आफ्नी आमा ४५ वर्षीया रामकुमारी देवी र परपुरुष विद्या पासवानलाई गत शनिबार राति मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा कर्तव्य गरी मारेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
सोमबार साँझ आफ्नो गाउँमै लुकिरहेको अवस्थामा प्रहरीले युवक महरालाई पक्राउ गरी जिप्रका महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाएको जिप्रका महोत्तरीले जनाएको छ ।
गत आइतबार बिहान ९ बजेको समयमा प्रहरीले मेघनाथ गोरहन्ना– ७ स्थित दलित उत्थान क्लबको घरमा विद्या पासवान र रामकुमारी देवीको घाँटी र हातखुट्टामा डोरीले बाँधेर मारिएको अवस्थामा शव बरामद गरेको थियो ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment