भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय बिदेशमन्त्री शुष्मा स्वराजबीच आज अपरान्ह भेटबार्ता भएको छ ।
स्वास्थ्य समस्याका कारण केही समय आराम गरेकी बिदेशमन्त्री स्वराजले गृहमन्त्री निधिसँग गरेको यो नै पहिलो उच्चस्तरीय भेटघाट हो । दुई देशका प्रतिनिधिहरुको भेटघाट अघि बिदेशमन्त्री स्वराज र गृहमबिदेश मन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे बिदेशमन्त्री स्वराजको ध्यानाकर्षण गराएका थिए ।
बिदेशमन्त्री स्वराजले कञ्चनपुर घटना अपसोचपूर्ण भन्दै निर्दोष व्यक्तिको मृत्यु भएकोमा दुःख व्यक्त गरेकी थिएन । गृहमन्त्री निधिले पोष्टमार्टम र फरेसिन्क रिपोर्ट अनुसार भारतीय सुरक्षाकर्मीबाट मृत्यु भएको बताउँदै घटनाको अनुसन्धान गरी दोषीमाथि कार्बाही गर्नुपर्नेमा जोड दिएका भ्रमणमा सहभागि निधिका प्रेस सल्लाहकार रामजि दाहालले जानकारी दिए ।
जबाफमा बिदेशमन्त्री स्वराजले अनुसन्धानमा नेपाल सरकारको पनि सहयोग हुनुपर्ने भन्दै दोषीमाथि कार्बाही गर्ने प्रतिबद्धता जनाकी थिइन । गृहमन्त्री निधि र बिदेशमन्त्री स्वराजले भबिष्यमा यस्ता घटना दोहोरिन नहुनेमा जोड दिएका छन् ।
भेटमा गृहमन्त्री निधिले नेपाल भारत सीमा बिबादका सम्बन्धमा बिगत तीन बर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राबिधिक टिममा २ वटा टिम थपेर सीमा स्तम्भ लगायतका प्राबिधिक कामलाई थप गति दिने प्रस्ताब गरेका छन् । बिदेशमन्त्री स्वराजले प्राबिधिक टिम थप्ने बिषयमा भारतीय पक्ष सकारात्मक भएको बताएकी छन् ।
भारतीय सहयोगमा बन्ने हुलाकी राजमार्ग, महाकाली पुल लगायतका विकास निर्माणसम्बन्धी काम समयमै सम्पन्न गराउनका लागि गृहमन्त्री निधिले बिदेशमन्त्री स्वराजको ध्यानाकर्षण गराएका थियो । भारत सरकार बाँकी काम समयमै सम्पन्न गराउन सकारात्मक भएको स्वराजको भनाई थियो ।
त्यसक्रममा गृहमन्त्री निधिले आगामी निर्बाचनका लागि गृहमन्त्रालय र निर्बाचन आयोगलाई बिगतमा जस्तै लजिस्टिक सपोर्ट गर्नका लागि आग्रह गरेका छन् । स्वराजले लजिस्टिक सपोर्ट गर्न भारत सरकार सकारात्मक भएको बताएकी छन् । भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए ।
प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन तीन दिनअघि नयाँ दिल्ली आएका उपप्रधानमन्त्री निधि भोलि स्वदेश फर्कदै छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment