मानिसको शरीरमा हुने करोडौं सूक्ष्म कोषिका मर्ने र नयाँ बन्ने प्रक्रिया नियमित हुनेगर्छ । तर विभिन्न कारणले यिनै कोषिकाहरु असामान्य रुपमा वृद्धि हुन सक्छन् । र शरीरमा समस्या देखिन थाल्छ । ति कोषिका बिस्तारै सानासाना गिर्खामा परिणत हुन्छ । जसलाई ट्युमर भनिन्छ । त्यस कारण शरीरका कुनैपछि अंगमा क्यान्सर देखिन सक्ने जोखिम रहन्छ । जसमध्ये स्तन क्यान्सर एक हो ।
क्यान्सर धेरैजसोमा वंशाणुगत कारणले हुने गर्छ । धेरै कलिलो उमेरमा महिनावारी हुँदा, निकै ढिलो समयमा महिनावारी सुक्दा यो रोग लाग्न सक्छ । कहिल्यै पनि सन्तान नजन्माएमा तथा कहिले पनि सन्तान नजन्माएका र बच्चालाई स्तनपान नगराउने महिलालाई पनि यो रोग लाग्ने सम्भावना बढी हुन्छ । यसैगरी, हर्मोन औषधि धेरै समयसम्म प्रयोग गर्ने महिला, धूमपान, सुर्ती सेवन गर्ने, मदिरापान बढी गर्ने, धेरै मोटो शरीर, व्यायाम नगर्ने महिलामा पनि यो रोग लाग्ने खतरा बढी हुन्छ ।

यसै प्रसंगमा स्तन क्यान्सरका लक्षणहरु के के हुन् ? यस रोगबाट कसरी बच्न सकिन्छ ? अथवा कसरी आफ्नो परिक्षण आफै गर्ने भन्ने विषयमा स्वास्थ्य खबरपत्रिकामा डा. ज्योति रायमाझीको आलेखबाट केही महत्वपूर्ण जानकारी साभार गरेका छौं । हेरौं उनका महत्वपूर्ण सुझावहरु :
यी हुन् स्तन क्यान्सरका लक्षणहरुः
१. कुनै एक वा दुवै स्तनमा नदुख्ने डल्लो वा कडा गिर्खाहरू आउने ।
२. कुनै एक वा दुवै स्तनको साइज वा आकारप्रकारमा परिवर्तन हुने ।
३. स्तनको मुन्टोबाट रगतसहित वा रगतरहितको तरल पदार्थ बगिरहने, छालाको अल्सर हुने ।
४. स्तनको छालामा परिवर्तन आउने, गाढापन बढ्ने वा छालाको रंग परिवर्तन हुने ।
५. स्तनको मुन्टो वरिपरि वा मुन्टोमै स–साना घाउ खटिरा बिमिरा देखापर्ने ।
६. स्तनको मुन्टो पहिलेभन्दा फरक रुपमा देखा पर्ने वा मुन्टो स्तनभित्र धसिने आदि ।
७. अकस्मात शारीरिक तौल घट्ने ।
८. शरीरका हड्डीहरू दुख्ने ।
डा.रायमाझीले आफ्नो स्तनको परिक्षण आफै गर्न सकिने बताएका छन् । यी हुन् उनले भनेका आफ्नो स्तनको आफै परीक्षण गर्ने विधि :
१. २० वर्षमाथिका हरेक महिलाले महिनावारी भएको पाँच–सात दिनमा परीक्षण गर्ने ।
२. महिनावारी सुकेको र गर्भवतीले हरेक महिनाको एउटै गते÷दिनमा परीक्षण गर्ने ।
३. आफ्नो स्तनका बारेमा थाहा पाउने, जसले गर्दा सानोतिनो परिवर्तनमा आफू जानकार हुन सकियोस् ।
४. परीक्षण हरेक महिना गर्ने ।
५. जम्मा १० मिनेट लाग्छ ।
आफै थाहा पाउने तरिका
१. ऐना अगाडि बसेर कम्मरमा हात राखेर आफ्नो स्तन परीक्षण गर्ने ।
२. स्तनको आकार, प्रकार एकनास छ, छैन परीक्षण गर्ने ।
३. गिर्खा छ, छैन परीक्षण गर्ने ।
४. स्तनको मुन्टो भित्र गएको छ, छैन परीक्षण गर्ने ।
५. छालाको रंगमा फरक छ, छैन हेर्ने । सुन्तलाको जस्तो रंग छ, छैन हेर्ने ।
६. दुवै हातमाथि उचालेर हेर्ने, दुवै स्तन एक प्रकार र किसिमले माथि जान्छ कि जाँदैन भनेर जमिनमा पल्टिएर हेर्ने ।
७. अनि बायाँ हातले दायाँ र दायाँले बायाँपट्टिको स्तनको मुन्टो वरिपरिबाट पूरै स्तन छाम्ने । फोटोमा देखाएजस्तै ।
८. अनि काखी मुखी छाम्ने
९. स्तनको मुन्टो निचोरेर पिप, रगत वा पानी आएको छ छैन हेर्ने ।
स्तन परीक्षण सम्बन्धि सुझाव
१. ४० वर्ष माथिका महिलाको हरेक वर्ष कम्तीमा एकपटक गरिन्छ ।
२. २०–४० वर्षका महिलाका लागि हरेक तीन वर्षमा कम्तीमा एकपटक जाँच गर्नुपर्छ ।
३. बढी जोखिमको सङ्केत भएका महिलाका लागि अरुभन्दा चाँडै यो किसिमको जाँच गरिन्छ ।
४. यो विशेषज्ञ चिकित्सकबाट मात्र गरिने परीक्षण हो ।
क्लिनिकल परीक्षण
१.रेडियोलोजिकल परीक्षण, भिडियो एक्स–रे, म्यामोग्राम, एमआरआई ।
म्यामोग्राम कहिले गरिन्छ ?
– ४० वर्षमाथिका महिलाका लागि हरेक वर्ष एकपटक गर्नुपर्छ ।
– गिर्खा आयो भने र संकास्पद लाग्यो भने तुरुन्त विशेषज्ञ चिकित्सक कहाँ जानु पर्छ
– अति जोखिम भएका महिला जस्तै, जसका परिवारमा यो किसिमको रोग छ, उनीहरूका लागि अरु महिलाको तुलनामा बढी गर्नुपर्ने सक्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment