यो कुनै कथाकहानी होइन । आयरल्यान्डको सबभन्दा टाढाको टापु अचिलको किनारामा बसेको किम बेमा सन् १८३८ मा करीब ४० वटा घर थिए । तर अहिले यहाँ धूलो र फुटेका घर मात्र छन् ।
यी घरहरू कसैले भत्काए कि गाउँलेहरू अन्तै गए ? अचिल पुरातत्त्व अध्ययन स्कूलका विद्यार्थीहरूले यो गाउँमाथि अध्ययन पनि गरे तर केही पत्तो पाउन सकेनन् ।
त्यहाँ माटो र ढुंगाले बनेका भत्केका घर मात्र भेटिए । घरहरूलाई जानीजानी फोडिएको कुराको प्रमाण चाहिँ भेटियो । तर गाउँलेले नै घर फोडे कि बाहिरकाले आएर फोडे भन्ने चाहिँ पत्ता लागेन ।
ट्राभलसम्बन्धी धेरै किताबहरूमा चाहिँ यो गाउँ र यहाँ बस्ने मानिसका बारेमा उल्लेख गरिएको छ । त्यही भएर विद्यार्थीहरू यहाँका निवासीलाई खोज्न गएका थिएर तर कसैलाई फेला पारेनन् ।
कुनै समयमा यो टापुमा भोकमरी भएको आशंका गरिन्छ । त्यसैकारण सबैको मृत्यु भएको हुन सक्छ । तर घर चाहिँ कसले भत्कायो, थाहा हुन सकेन ।
एजेन्सीको सहयोगमा
lokantar
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment