Sunday, March 19, 2017

अमेरिकी जलसेना प्रमुख आज नेपाल आउँदै

 काठमाडौं - अमेरिकी जलसेना प्रमुख ह्यारी बिन्क्ले ह्यारिस आइतबार नेपाल आउँदैछन्।

नेपालको तीन दिने भ्रमणमा आउने ह्यारिसले प्रधानमन्त्री, रक्षमन्त्री, परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 भेटमा नेपाल र अमेरिकाबीचको सैन्य सहकार्य तथा सहयोगबारे छलफल हुनेछ ।

 जलसेना प्रमुख ह्यारिसले सोमबार नेपाली सेनाले काभ्रेको पाँचखलमा आयोजना गर्ने शान्ति प्रयास नामक सैन्य अभ्यासको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

संयुक्त सैन्य अभ्यासमा राष्ट्रसंघीय शान्ति सेनामा सहभागी २७ देशको सहभागिता रहनेछ। ह्यारिस पछिल्लो समय नेपाल आउन लागेका वरिष्ठ अमेरिकी सैन्य अधिकारी हुन् ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment