Sunday, March 19, 2017

मधेसमा आन्दोलन चर्काउने तयारीमा मोर्चा

काठमाडौं । संविधान संशोधन नगरिकन स्थानीय तहको चुनाव मिति तोकिएकोमा असन्तुष्ट मधेसी मोर्चाले तराई मधेसमा आन्दोलन चर्काउने तयारीमा छ ।

मोर्चाका नेताहरुले स्थानीय चुनावमा भाग नलिने र चुनाव बिथोल्ने रणनीति बनाउन थालेका छन् ।

चुनाव असफल बनाउनेबारे सद्भावना पार्टीले कोन्द्रिय समिति बैठक बोलाएको छ । बैठकमा जिल्ला अध्यक्ष पनि सहभागी छन् । अधिकांश नेताले चुनाव हुन नदिन सशक्त आन्दोलनका कार्यक्रम तय गर्नुपर्ने बताएका छन् ।

जिल्ला अध्यक्षहरुले केन्द्रिय नेताहरु काठमाडौं छाडेर जिल्ला जानुपर्ने र संसदबाट राजीनामा दिनुपर्ने सुझाव समेत दिएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment