Saturday, March 18, 2017

राप्रपाद्वारा संघर्षको घोषणाः हिन्दुराष्ट्रबारे संविधान संशोधन प्रस्ताव टेबल गर्ने निर्णय

निर्वाचन आयोगको निर्णयविरुद्ध बहादुर भवन घेर्ने, अदालत पनि जाने

 निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘हिन्दु राष्ट्र’ र ‘राजतन्त्र’ हटाउने निर्णय गरेको भन्दै सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनदेखि सडकसम्म संघर्षका कार्यक्रम घोषणा गरेको छ । निर्वाचन आयोगले यो निर्णय नसच्याए चुनावसमेत बिथोलिन सक्ने राप्रपाले चेतावनी दिएको छ ।


राप्रपाले निर्वाचन आयोगको निर्णयको प्रतिक्रिया स्वरुप संविधानबाट धर्मनिरपेक्षता हटाउन र हिन्दु राष्ट्र राख्न माग गर्दै व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसमेत गरेको छ ।
शनिबार राप्रपा प्रवक्ता रोशनद्वकार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा धर्म निरपेक्षताको खारेजी र हिन्दुराष्ट्र स्थापनाको माग गर्दै संविधान संशोधन प्रताव पेश गर्ने जनाइएको छ ।

केके छन् संघर्षका कार्यक्रम


राप्रपाले तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरेको छ । यस अनुसार चैत ७ गते जिल्ला सदरमुकाममा चैत ७ गते जुलुससहित जिल्ला निर्वाचन कार्यालय गएर ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरिएको छ । काठमाडौंका निर्वाचन कार्यालय बहादुर भवनमा धर्ना र ज्ञापनपत्र दिने निर्णय पनि राप्रपाले गरेको छ ।

निर्वाचन आयोगको निर्णयविरुद्ध राप्रपाले अदालतको ढोका समेत ढक्ढकाउने निर्णय गरेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment