कमेडियन कपिल शर्मा विभिन्न कारणले चर्चामा आइरहन्छन्। अहिले पनि उनको चर्चा चुलिएको छ, उनकी प्रेमिकाका कारण। हो उनकी प्रेमिका को हुन् भन्नेबारे निकै कुराहरु बाहिर आइसकेका छन्।
अभिनेत्री दिपीका पादुकोणलाई मनपराउने कपिलको निकै जनासँग नाम जोडिइसकेको छ।
तर हालै उनले आफ्नी प्रेमिकाबारे खुलासा गरेका छन् र यसले उनकाबारे आएका धेरै हल्ला गलत बनाइदिएको छ।
उनले आफ्नी प्रेमिकाबारे आफ्नो ट्वीटरमै खुलासा गरेका हुन्। उनले प्रेमिकाका दुई फोटो सार्वजनिक गरेका छन्। उनकी प्रेमिका अरु कोही नभएर हँस बलिएमा कपिलसँगै काम गरेकी भवनीत चटराठ उर्फ गिन्नी हुन् ।
भवनीतको फोटो राख्दै उनले ट्वीट गरेका छन्– उनी मेरी आधा भाग होइनन्, उनले मलाई पूरा गर्छिन्। कृपया उनलाई स्वागत गर्नुहोस्। म उनलाई धेरै प्रेम गर्छु ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment