भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरु र नेपालीहरुबीच सीमा क्षेत्रमा झडप भएको छ ।
अहिले यहाँ भारतीय हस्तक्षेपविरुद्ध नेपालीहरुले नाराबाजीसमेत गरेका छन् । भारतीय एसएसबी नेपालमा आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव झनै बढेको छ ।
प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच कञ्चनपुरस्थित नेपाल(भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासीहरु प्रतिरोधमा उत्रिएका छन् । आनन्द बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् ।
बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर कुटपिट गरी नेपालीहरु घाइते भएका थिए । नेपालीलाई भूमिमा भारतीय ज्यादतीको विरोधमा बिहीबार आज बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् ।
अहिले भारतीय र नेपाली पक्षबीच सीमा वारिपारी ढुंगामुढा भइरहेको र दुवैपक्षका सुरक्षा अघिकारीहरु समन्वयको प्रयासमा रहेका छन् । नेपालीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयमता अपनाउन भनिरहेका छन् ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment