Thursday, March 9, 2017

कमल थापा उपप्रधानमन्त्री बन्दै, साँझ साढे ६ बजे सपथ

 । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा सरकारमा सहभागी हुने भएपछि मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार राप्रपा अध्यक्ष थापाले आज साँझ साढे ६ बजे उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको सपथ लिने कार्यक्रम छ ।

त्यस्तै, राप्रपाबाट बिहीबार नै नेता दीलनाथ गिरीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको सपथ लिँदैछन् । राप्रपाबाट यसअघि नै दीपक बोहरा आपूर्ति मन्त्री छन् भने विक्रम पाण्डे भूमिसुधार तथा वयवस्था मन्त्री छन्

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment