Wednesday, March 15, 2017

पानी पिउँदा विर्सन नहुने ६ कुरा...



पानी शरीरको लागि सबैभन्दा बढि आवश्यक पर्ने तत्व हो । सबै प्रकारका विरामी हुँदा धेरै पानी पिउने सल्लाह चिकित्सकले दिन्छन् ।
विहान उठ्ने वित्तिकै पानी पिउनु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ तर खाना खाँदा खाँदै विचमा भने पनी नपिउनु नै राम्रो । यस्तै यस्तै धेरै मान्यता छन् पानीको विषयमा । तर पानीका विज्ञहरुको भनाइ भने फरक छ ।


यहाँ पानी पिउँदा ध्यान दिनु पर्ने ६ कुराको विषयमा चर्चा गरिएको छ ।
1. खाना खँदै गर्दा पानी नपिउनुस् : खाना खाइरहेको समयमा पानी पिउने बानी छ भने आजै देखि छोड्नुस् । यसले खान पचाउने ग्यास्ट्रिक जुसलाई हल्का बनाइदिन्छ र पाचनमा समस्या आउँछ । खाना खाएको कम्तिमा १० मिनेटपछि मात्र पानी पिउनुस् ।
2. अधिकतम पानी पिउनुस् : दैनिकरुपमा प्रयाप्त पानी पिउनुस् । पानी पिउँदा शरीरका सबै गतिविधी सामान्यरुपले सञ्चालित हुन्छन् । स्वास्थ्य पनि सामान्य रहन्छ ।
3. जवान हुन्छ त्वचा : पानी पिउँदा हाम्रो त्वचा जवान रहन्छ । यसले हाम्रो अनुहारमा समेत चमक ल्याउँछ । यद्यपी त्वचाको चमक खानपान र बंसजका आधारमा पनि निर्धारण हुन्छ ।
4. बजन घटाउन पानी : पानीले तपाइँको मोटोपन पनि कम गर्न सघाउँछ । पानी पिउँदा शरीरमा बोँसो, क्यालोरी वा कोलेस्ट्रोल केही पनि थपिँदैन । पानीले प्राकृतिकरुपमा भोक मार्ने काम पनि गर्छ ।
5. विकारबाट मुक्ति : विभिन्न प्रकारका विकार जुन खानाको माध्यमबाट हाम्रो शरीरमा जान्छन् । त्यसलाई सफा गर्न पनि प्रयाप्त पानी पिउनु जरुरी छ । विभिन्न रसायनिक प्रतिक्रियाबाट पैदा हुने रसायन कम गर्न पानी उत्तम उपाय हो ।
6. विभिन्नरुपमा पानी :पानी त्यसै पनि पिउन सकिन्छ भने अन्य तरिकाले पनि पिउन सकिन्छ । जस्तै ग्रीन टी, सुप, नारियल पानी या शर्बत । कोक फान्टा होइन पानी पिउनुस् । पानीले शरीरमा भएको अधिक नूनलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment