Wednesday, March 15, 2017

शाकाहारी बन्नुका १५ फाइदा


1. शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ ।
2. शाकाहारी खाना चाँडै पच्छ ।
3. मष्तिष्कलाई सचेत राख्छ र मानिसलाई बुद्धिमान बनाउँछ ।
4. शाकाहारी भोजनमा प्रोटिन, भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिड, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ ।


5. शुद्ध शाकाहारी व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
6. स्तन क्यान्सरको खतरा कम हुन्छ ।
7. आयु लम्ब्याईदिन्छ ।
8. उच्च रक्तचाप हुने सम्भावना मांसाहारीको तुलनामा कम हुन्छ ।
9. शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।
10. शरीरको तापक्रम र सन्तुलन बनाई राख्छ ।
11. मांशपेशी बलियो बनाउन, शरीरका मुख्य अंग मिर्गौला, मुटु, फोक्सो, मष्तिष्कलाई निरोगी राख्न एवं विभिन्न समस्या नियन्त्रण गर्न शाकाहारी खाना प्रभावकारी मानिन्छ ।
12. शरीरको वृद्धि गर्न र सन्तुलित राख्न मद्दत गर्छ ।
13. गाढा हरियो रंगको तरकारीमा भिटामिन र खनिज पदार्थ पाइन्छ । जसले सरुवारोग र कमजोरीबाट बचाउछ ।
14. अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानमा भनिएको छ– ‘मृत्युदर घटाउन शाकाहरी भोजनले बढी सहयोग पु¥याएको देखिन्छ ।
15. मांशाहारीको दाजोमा शाकाहारीलाई कम क्यान्सर हुने देखिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment