Thursday, March 2, 2017

आक्रामक ब्यापार गर्दै लुट २


काठमाडौँ, लुट २ फिल्म अनुमान गरे जस्तै ब्यापारमा आफ्नो दम देखाएको छ ।गत शुक्रबार रीलिजमा आएको फिल्म लुट २ शनिबार र बिचमा परेको ल्होसारले झनै बिजनेशमा राम्रो प्रभाब रह्यो ।फिल्मको ट्रेलर र सार्बजनिक गरीएको गितको प्रभाब फिल्मको कलेक्सनमा देखीएको हो ।

फिल्मले पहिलो दिन मात्रै करीब १ करोड ५० लाखको विजनेस गरेको दाबी सम्बन्धित वितरण कम्पनि तथा निर्माण टिमले गरेको छ भने शनिबारको विजनेस १ करोड ६० लाख आसपास बताइएको छ । दुई दिनको कलेक्शनमा वितरण कम्पनिको दाबीलाई आधार मान्ने हो भने फिल्मले ३ करोड बढिको ग्रस ओपनिङ गरीसकेको छ ।

राजधानीका मल्टिप्लेक्समा फिल्मको व्यापार सुखद छ । विहानी तथा दिवा सत्रमा ७५ प्रतिशत माथीको अकुपेन्सी देखिएको छ भने सोमबार परेको सोनम ल्होसारको विदाले फिल्मको विजनेसलाई थप टेवा पुराएको छ।निश्चल वस्नेत निर्देशित फिल्मलाई माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । दयाहाङ राइ, सौगात मल्ल, विपिन कार्की, कामेश्वर चौरासिया, सृजना सुब्बा, ऋचा शर्मा, एलिशा राई, कर्मा शाक्य लगायत अभिनयमा रहेको फिल्मले पहिलो दिन गरेको विजनेस कलेक्सन आफैमा अहिलेसम्मको बढि हो । फिल्महरुको ओपनिङ कलेक्सनमा लुट२को कलेक्सन दमदार हो ।फिल्मको कलेक्सन राम्रो भए पछि शुक्रबार रीलिजको तयारीमा रहेको फिल्म दर्पण छाँयाको रीलिज पनि केही प्रभाबित हुने देखीएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment