Thursday, March 2, 2017

निधीलाई ओलीको चेतावनी : आफ्नो हैसियतको ख्याल राख्नुहोस् !


काठमाडौँ,प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले तराई मधेसमा गर्न लागिएको कार्यक्रमलाई हल्का रुपमा नलिन भन्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई चेतावनी दिएका छन् ।

उनले संवैधानिक हैसियत भएको विपक्षी दलले गर्न लागेको सभामा विथोल्ने खालका अभिव्यक्ति निधिले दिएको भन्दै आफ्नौ हैसियत ख्याल गर्न ओलीले चेतावनी दिए । ‘गृहमन्त्री देशको हुन्छ कुनै पार्टी वा क्षेत्र विशेषको हुँदैन,’ एमालेको मेची महाकाली अभियानबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘उक्साहटका कारण कनुै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी लिनुपर्छ भनेका छौं गृहमन्त्रीज्यू यसलाई ‘लाईटली’ नलिनुहोस् तपाईं जस्ता गृहमन्त्री हामीले अगाडि पनि देखिसकेका छौं ।’

संविधान अनुसार प्रमुख प्रतिपक्षी दलले आफ्नो शान्तिपूर्ण कार्यक्रम लिएर जनतामाझ जान खोज्दा भाड्न खोज्नु आपत्तिजनक भएको उनले उल्लेख गरे । ‘म उहाँलाई सम्झाउँछु उहाँको भूमिका शान्ति सुरक्षा दिने हो । हामी कसैका कार्यक्रम विथोल्दैनौ शान्तिपूर्ण रुपमा गर्छौं,’ ओलीले भने, ‘यदी कोही विथोल्न आयो भने हामीले सम्झाउनुपर्नेछ ।’


Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment