Thursday, March 2, 2017

मन्त्रीलाई विलाशी गाडी नदिँदा सचिवको सरुवा


काठमाडौं,   सरकारी सवारी साधनको प्रयोग र उपयोगितामा अराजकता देखिएको निष्कर्ष निकालिएको छ । संसद्को सुशासन तथा अनुगमन समिति मातहतको उपसमितिको बैठकमा मन्त्रालयका सचिवले काम विशेष आवश्यकताका आधारमा भने सवारी साधनको सुविधा निकै कमी रहेको जानकारी दिए ।

वाणिज्य मन्त्रालयका सचिव ङइन्द्र उपाध्यायले सरकारी सवारी साधन अधिक बिग्रने, आवश्यकता परेको समयमा काम नदिने मात्र होइन, मर्मतमा अधिक खर्च हुने समस्या देखिएको बताए ।

कतिपय माथिल्लो ओहदामा बस्नेहरुले आफू जहाजको सुविधा लिए पनि यातायात सँगसँगै लैजाने गरेको घटनासमेत उदाहरणका रुपमा बैठकमा प्रस्तुत गरिएको थियो ।
‘विश्वमै महँगा मूल्यका गाडी पनि नेपाल सरकारका पदाधिकारीबाट प्रयोग भइरहेको छ, त्यस्ता सवारी साधन आवश्यकताभन्दा पहुँचका आधारमा प्रयोग भइरहेको छ’,समितिका सदस्य उदय नेपालीले भने, ‘सरकारी सवारी साधनको व्यवस्थापन गर्न सचिवबाट झारो टार्ने ढङ्गबाट नभई सहयोग पुर्याउने हिसाबले प्रतिवेदन दिनुहोला ।’

केही स्रोत साधन सम्पन्न मन्त्रालयका हाकिमले वर्षैपिच्छे महँगो र नयाँ गाडी चढ्ने गरेको तथा स्रोतसाधनको कमी भएका तर सञ्जाल भने ७५ जिल्लामा रहेका कृषि, स्वास्थ्य तथा सिँचाइजस्ता मन्त्रालय मातहतका कार्यालयमा भने सवारी साधनको अवस्था निकै नाजुक रहेको जानकारी दिइयो ।

कृषि मन्त्रालय मातहत रहेका ३०० सवारी साधनमध्ये १३८ वटा २० वर्ष पुराना रहेको पनि बैठकलाई जानकारी दिइयो । सरकारमा मन्त्री मात्रै नभएर दलका नेताहरुले नै पनि आफूले पाउने सुविधाभन्दा अतिरिक्त गाडी उपलब्ध गराउन दबाब दिने गरेको समितिका सदस्य एवम् पूर्वसचिव जनकराज जोशीले बताए ।

‘गाडी उपलब्ध नगराएकै आरोपमा मन्त्रीले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर सचिव हटाएको घटना पनि सुनिएको छ’, उनले भने, ‘त्यसमा अझै सुधार आएको छैन ।पदीय हिसाबले पाउनेले पाएकै छन्, कतिपयले कामको हिसाबले सवारी साधन सुविधा दिनुपर्ने हो, त्यसमा कमी भएको छ ।’

सरकारी सवारी साधानको व्यवस्थापनका लागि कुनै संयन्त्रको व्यवस्था नगरिँदा सरकारी सवारी साधनको व्यवस्थापन बेवारिसेजस्तो भएको छ । सदस्य जोशी भने, ‘सरकारी सवारी साधानको व्यवस्थापन गर्ने कुनै नीति, निर्देशिका कहिँकतै, कसैले पनि केही नगर्दा नीति निर्देशनविहीन जस्तो बन्न पुगेको छ ।’

नेपालमा सरकारसँग कति सङ्ख्यामा सवारी साधन छन्, कस्ता प्रकारका छन्, कुन कुन निकायमा प्रयोग भइरहेका छन् कि थन्किएका छन् त्यसको कुनै निश्चित आँकडा र अत्तोपत्तो नरहेको कुरा बैठकमा जोडदारसँग उठेको थियो ।

सरकारले केही दिनअघि मात्रै २० वर्षे सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ । समितिले सरकारी साधनको प्रयोगसम्बन्धी निश्चित मापदण्ड बनाउने, सरकारी साधनको प्रयोगमा देखिएको दुरुपयोग रोक्न सुझावसहितको प्रतिवेदन बनाउने प्रयासमा रहेको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment