Sunday, March 5, 2017

अविवाहित करण जोहर बने दुई सन्तानका पिता !


बलिउड फिल्म निर्माता करण जोहर जुम्ल्याहा बच्चाका बाबु बनेका छन् । करण जोहरले भाडाकी आमाको माध्यमबाट यश र  रुही पाएका हुन् ।

यी दुवै बच्चाको जन्म हालसालै भएको हो । करणले ट्वीट मार्फत यसको जानकारी दिएका छन् ।

यस अघि तुषार कपूरले पनि विवाह नगरि सेरोगेट आमाको मदतमा बाबु बनेका थिए । शाहरुख खाका छोरा अबराम पनि भाडाकी आमाबाट जन्मिएका थिए ।

बच्चा जन्मिएसँगै जोहरले आफू खुसी भएको बताएका छन् । उनले पिता बन्न पाएकोमा सौभाग्यशाली महसूस गरेको बताएका छन् । मेडिकल साइन्सको सहायतमा आफू बाबु बन्न सकेकोमा खुसी भएको उनले ट्वीट मार्फत बताएका छन् ।

यस अघि करण जोहर ले आफ्नो किताब ‘द सूटेबल ब्वाई’ मा पिता बन्ने इच्छा व्यक्त गरेका थिए ।
करणले पुस्तकमा यो एक इमोशन भएको भन्दै बाबु बन्दा कस्तो लाग्छ आफूलाई थाहा नभएको बताएका थिए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment