Sunday, March 5, 2017

विदेशबाट फर्केर भैंसी पालन, मासिक ५० हजार भन्दा बढी आम्दानी


 ७ वर्ष कतार, ३ वर्ष साउदीमा र १६ महिना माल्दिभ्समा काम गरेर घर फर्केका प्युठान बाङ्गेसाल ४ का मुस्लिम युवा ३५ वर्षिय सलामत मियाँ व्यावसायिक भैंसीपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन ।

उनले झन्डै १० लाख रुपैयाँ लगानी गरेर ‘समिला’ भैंसी फार्म दर्ता गरि खोलेका हुन । बिदेश जानुभन्दा आफ्नै गाउँठाउँमा केही गर्ने उद्देश्य र कृषि तथा पशुपालनबाट जिबिकोपार्जन गर्न सकिने सम्भावना देखेर व्यवसायिक रुपमै भैसीपालन शुरु गरेको उनले बताए । उनले सबै रकम बैंकबाट ॠण काढेर ब्यबसायिक भैंसी पालनमा लगानी गरेको सुनाए ।

सुरुमा ३ वटा भैंसी किनेर व्यवसाय सुरु गरेका मियाको फार्ममा अहिले ७ वटा भैंसी पुगेका छन् । २ ओटा मुरा र ५ ओटा दोकल्ला जातको भैंसी रहेको फर्ममा २ ओटा पाडापाडी छ्न । ब्याबसायिक भैसिपालनबाट हौसिएका मिया सरोकारवालाको सहयोग पाएमा अझै ३ ओटा भैंसी थप्ने सोचमा छन ।

दुध बिक्रिबाट मासिक ५० हजार भन्दा बढि आम्दानी हुने गरेको मिया बताउछन । विदेशमा भन्दा स्वदेशमा श्रम गरेमा राम्रो आम्दानी गर्न सकिने देखेपछि अहिले नेपालमा नै भैंसी पाल्न थालेको मियाको भनाइ छ । ‘दैनिक ४० लिटर दुध उत्पादन हुन्छ,’ उनले भने, ‘मैले माग अनुसार दुध पुर्याउन सकेको छैन ।’ ७ ओटै भैसी दुहुना रहेको उनले सुनाए ।

यहाँ भैंसीको दुध खोज्ने ग्राहक धेरै भएकाले बजारकोसमेत समस्या नभएको उनको भनाइ छ । अहिले बजारमा ५५ रुपैयाँ प्रतिलिटरमा दुध बिक्रि हुने गरेको जानकारी दिँदै मियाले माग अनुसार दुध पुर्याउन पनि कठिन भइरहेको बताए । ‘उत्पादित दुधभन्दा माग दोब्बर छ,’ उनले भने । केही समय अघि देखि शुरु गरिएको भैसिपालन फर्मबाट दैनिक १ हजार ६ सय रुपैया आम्दानी गर्दै आएको उनले बताए ।

खाडी मुलुकमा काम गर्दा गर्दै विदेशमा गर्ने दुःख नेपालमै गर्ने सके मनग्गे आम्दानी गर्न सकिने सोचेर स्वदेश फर्किएर व्यवसायिक भैंसी पालनमा हात हालेको कृषक मियांले बताए । परिवारसँग बसेर कमाएको थोरै रकम पनि धेरै हुने मियाको बुझाई छ । आफूलाई यस ब्यवसायले आत्मसन्तुष्टि मिलेको उनले बताए । बाङ्गेसाल ३ स्थित कोलगाँडेमा रहेको आफ्नै जग्गामा आधुनिक गोठ निर्माण गरि भैंसी फार्म खोलेका मियाले स्थानिय सहकारीमा दूध बिक्री गर्दै आएका छ्न । सहकारीले जतिपनि दूध खरिद गरिदिने उनले बताए ।
भैंसी खरिद,गोठ ब्यबस्थापन र इनार खन्नका लागि ॠण खोजेर फार्ममा लगानी गरिएको उनले बताए ।

उनले भैंसी गोठ समेत ब्यबस्थित बनाएका छन् । गोठ सरसफाइदेखि भैसिलाइ घाँस, दाना र पानी खुवाउने काममा आफुलाइ परिवारले पनि पूर्ण साथ दिने गरेको बताए । जिल्ला पशुसेवा कार्यालयले एक थान घाँस काट्ने मेसिन उपलब्ध गराए पनि स्वस्थ, दृष्ट्र्पुष्ट्र बनाउन उनले आफुले पालेको भैंसीलाई नियमित खोप पनि दिने गरेका छन ।

उनले भैंसी फर्मसंगै ७ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन। गोठमा निस्केको मलमुत्रलाई सदुपयोग गर्न मौसम अनुसारको तरकारी खेती गर्ने योजना समेत रहेको उनले सुनाए ।

सरोकारवाला निकायबाट सहयोग पाए ब्यवसायलार्इ जिल्ला कै नमुनाको रुपमा बिकास गर्ने सोच रहेको उनको भनाइ छ । आफू जस्ता कृषकलार्इ राज्यले सहयोग गर्नुपर्ने धारणा उनको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment