Sunday, March 5, 2017

रेखा थापा बेचिएको ‘पलाँस’को ट्रेलर यस्तो


काठमाडौं, २२ फागुन । रेखा थापा अभिनित चलचित्र पलाँसको ट्रेलर सार्वजानिक भएको छ । आउँदो चैत १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पलाँसमा रेखासँगै अयुव केसी र कामेश्वर चौरासियाको अभिनय रहेको छ ।

टे«लरमा रेखालाई पढाउने मिसको साथै अयुवलाई उनको प्रेमी र कामेश्वरलाई रिसाहा व्यापारीको भूमिकामा देखाइएको छ । सुवास कोइराला निर्देशित चलचित्रलाई कृषा चौलागाईंले निर्माण गरेकी हुन् । चलचित्र पलाँस चेलीबेटी बेचबिखन सम्बन्धी कथामा रहेको छ ।

 ट्रेलर





Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment