Sunday, March 5, 2017

एमालेको मेची–महाकाली अभियानको दोस्रो दिन के-के हुँदैछ ?


 एमालेको मेची–महाकाली अभियानको दोस्रो दिन के-के हुँदैछ ?
काठमाडौं– प्रमुख प्रतिपक्ष एमालेले हिजोदेखि शुरु गरेको मेचि–महाकाली राष्ट्रिय अभियानको आज दोस्रो दिन पनि विभिन्न कार्यक्रम हुँदैछन् ।

सुखानी सहिद दिवसको अवसर पारेर एमालेले शुरु गरेको अभियान अन्तगर्त आज मोरङको विराट चोक र सुनसरीको इटहरीमा जनसभाको आयोजना गरिएको छ ।

देशको पूर्वी भूभाग काकडभिट्टाबाट हिजो शुरु भएकोे अभियानमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, महासचिव इश्वर पोखरेल, बामदेव गौतम, योगेश भट्टराई, भीम रावल लगायतका नेताहरु गएका छन् ।

१५ दिने अभियानमा तराईका २२ जिल्लालाई समेटने गरी ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ ।

एमालेलाई मधेश विरोधी पार्टीका रुपमा प्रचार गरिएको र यसलाई चिर्न अभियान थालिएको एमालेको भनाई छ ।

झापाबाट शुरु भएको अभियान अन्तिम दिन सुर्खेतमा जनसभा गरेर टुंगाउने कार्यतालिका बनाइएको छ ।

पहिलो दिन के के भयो  ?
कसैले बन्द गरेपनि त्यो ठाँउमा एमाले पुगेपछि खुल्छः भट्टराई
एमालेको मेची–महाकाली अभियानलाई लक्षित गरेर धनुषामा आमहड्तालको घोषणा
अवरोध नगर्न मोर्चालाई एमालेको आग्रह

एमालेको मेची महाकाली अभियानः कसको घरमा कुन नेता बसे ?
बिर्तामोडको बीच सडकमै एमालेको आमसभा, यातायात अस्तव्यस्त
मेची–महाकाली अभियान घोषणा गर्दै ओलीले भने– कसैको फूर्ति सुनिरहन आवश्यक छैन
मधेशी मोर्चालाई एमाले महासचिवको चुनौति–अभियानमा बाधा गरे कडा जवाफ दिन्छौँ
सुखानीका सहिद सम्झँदै मेची महाकाली अभियान
एमाले स्थायी कमिटी बैठक, मधेसका २१ जना केन्द्रीय कमिटीमा मनोनित
गाडीमा आक्रमणपछि एमाले सांसद रञ्जु झाको यस्तो आयो प्रतिक्रिया
मेची–महाकाली अभियानको प्रचार गर्ने एमाले नेतालाई मोर्चाद्वारा कालोमोसो
चुनाव अब कसैले रोक्न सक्दैन : ओली
‘संविधान कार्यान्वयनका लागि मेची–काली अभियान’ – अध्यक्ष केपी शर्मा ओली
यसरी शुरु भयो गृहमन्त्री र एमाले नेताबीच ‘वाकयुद्ध’
फागुन २१ गतेबाट मधेशमा यसरी शुरु हुनेछ ‘बुरा दिन’

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment