Thursday, March 2, 2017

देश बचाउन ट्रम्पको कडा कदम

देश बचाउन ट्रम्पको कडा कदम : आईएसलाई ध्वस्त पार्नेे योजना

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामिक आतंकबादबाट देशलाई बचाउन कडा कदम चालिने बताएका छन् ।

कार्यभार सम्हालेपछि कांग्रेसलाई पहिलोपटक सम्बोधन गर्दै ट्रम्पले देशको सेवा, संरक्षण र प्रतिरक्षा गर्ने प्रतिबद्धताअनुरुप कडा कदम चाल्ने बताएका हुन् ।

उनले आतंकबादी संगठन आईएसलाई ध्वस्त पार्ने योजना बनाउन रक्षा मन्त्रालयलाई निर्देशन दिएको उल्लेख गर्दै त्यसका लागि मुस्लिम विश्वका मित्र तथा गठबन्धन मुलुकहरुसँग सहकार्य गरिने पनि बताए ।कान्तिपुर दैनिकमा खबर छ ।

उनले समाजका लागि खतरा भएका ग्याङ, लागूऔषध व्यापारी र आपराधिक व्यक्तिलाई हटाइने पनि बताए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment