राजविराजमा सोमबार एमालेको सभा सकिएपछि प्रहरीसँग भएको झडपका क्रममा मधेसी मोर्चाले चारजनाको मृत्यु भएको विज्ञप्ति निकालेको थियो । मरेका भनिएकामध्ये दिगम्बरको नाम दोस्रो नम्बरमा थियो ।
मोर्चाका नेताहरुले घटनामा चार जनाको मृत्यु भएको पुष्टि गर्दै अर्का एकको नाम, ठेगाना खुल्न बाँकी रहेको दाबी गरेका थिए । मोर्चाका केही नेताले मृतकको सङ्ख्या सात पुगेको पनि बताएका थिए ।
मोर्चाको विज्ञप्तीबाट छोराको मृत्यु भएको थाहा पाएपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका बाबु रामपुज जब झसङ्ग भए, तब उनका छोरा जीवितै थिए र उनको उपचार हुँदैथियो ।
दिगम्बरलाई ढाडमा एक गोली लागेको छ । सर्जरी वार्डमा उपचाररत उनी राम्ररी बोल्न र घटना बताउन सक्ने अवस्थामा रहेका रामपुजले जानकारी दिए । दिगम्बर नेपाल बार एसोसिएसन सप्तरीका कोषाध्यक्ष पनि हुन् ।
आफू आन्दोलनमा सहभागी नभएको उनको भनाई छ । उनका अनुसार आन्दोलन भएपछि हेर्न जाँदा गोली लागेको हो । ‘झडप भएको स्थानबाट एक किलोमिटर परै थिएँ’, उनले भने, ‘तर पनि मलाई गोली लाग्यो ।’
दिम्बरले आफू जीवितै रहेको र मोर्चाको कार्यकर्ता पनि नभएको प्रष्ट पारे । ‘म मोर्चाको कार्यकर्ता पनि होइन र म मरेको पनि छैन’, उनले अस्पतालको बेडबाट भने ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दिगम्बरसँगै जितेन्द्रकुमार महतो, इन्द्र यादव, दिलिप यादव, सुरेन्द्रकुमार साह, जीतेन्द्र साह र एमालेका कार्यकर्ता धनपति पाठकको उपचार हुँदैछ ।
उपचाररत मध्येमा इन्द्र यादवको अवस्था गम्भीर रहेको प्रतिष्ठानका चिकित्सकले जानकारी दिएका छन् । राजबिराजमा प्रहरीसँग भएको झडपमा गोली लागेर सन्जन मेहताको घटनास्थलमै ज्यान गयो ।
झडपका क्रममा गोली लागेर घाइते भएका पिताम्बरलाल मण्डल र आनन्द साहको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।
बिपीमा अहिले लक्ष्मण यादव, दिनेश साह, जक्कु साह, अरुणकुमार यादव, पशुपति यादव र वीरेन्द्र कुमार यादवको उपचार भइरहेको छ । त्यसैगरी प्रहरीहरु रमेश मंग्राती र रञ्जीत सिंह उपचारपछि फर्केका छन्।
कर्णाली न्यूज बाट
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment