। बागलुङको पैँयुपाटा गाविसमा भाउजुले देवरको हत्या गरेको खुलासा भएको छ । यहि फागुन २७ गते बागलुङ पैँयुपाटा गाविस बस्ने २५ बर्षका बिनोद हरिजनले आफै आत्महत्या गरेको नभई हत्या गरिएको तथ्य सार्वजनिक भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुलाई सार्वजनिक गरेको छ ।
हरिजनले आफै आत्महत्या गरेको भन्ने खबर पाएपछि प्रहरी निरिक्षक खड्क नारायण शाहको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा विभिन्न खालका कारणहरु देखिएको छ । केहि समयदेखि हरिजन र उनकी नाताले भाउजु पर्ने रिता नेपालीको अनैतिक सम्बन्ध रहेको तथ्य पत्ता लागेको प्रहरीले जनाएको छ ।
आफ्ना बाबु आमासंग भारतमै बसोबास गर्ने हरिजन समय समयमा आफ्ना ठुलो आमा बुवाको घरमा आउने जाने गरेका थिए । यसै क्रममा उनको भाउजु पर्ने रिता नेपालीसंग बारम्बार यौन सम्बन्ध राख्ने गरेको बताइएको छ ।
उक्त घटनाका दिन रिता र बिनोदबीच एक आपसमा झगडा हुँदा हरिजनले नेपालीलाई कुटपिट गरेकाले सोही गाउँकै टेकबहादुर थापालाई बोलाएर दुई जनाले हत्या गरेको दुवैले स्वीकार गरेका छन् । नेपालीका श्रीमान मलेसियामा रोजगारका लागि गएका छन् भने नेपालीको सोही गाउँकै टेकबहादुर थापासंग पनि अनैतिक सम्बन्ध रहेको भन्ने पत्ता लागेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरिक्षक चन्द्र कुवे खापुङले विभिन्न अनुसन्धान पछि महिलालाई नियन्त्रणमा लिएर बारम्बार सोधपुछ गर्दा सहयोगी सहितको हत्यारा पत्ता लागेको बताउनुभयो । प्रहरी कार्यालयले रिता र टेकबहादुर थापालाई म्याद थप गरी अन्य अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment