सुदूरपश्चिमको कैलाली घर भएका लेखराज भट्ट सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता हुन् । पार्टीको प्रदेश नम्बर ७ को इन्चार्ज भट्टसँग भर्खरै कञ्चनपुरको पुनर्वासमा भारतीय सुरक्षाकर्मीबाट नेपाली नागरिकको ज्यान जानेगरी भएको घटना र समसामयिक विषयमा गरिएको कुराकानीः
– कञ्चनपुरको पुनर्बास घट्नालाई यहाँले कसरी लिनुभएको छ ? यो कसरी घट्न गएको घट्ना हो ?
पुनर्बास घट्ना हिजो देखि राज्यले देखाएको उदासिनताका कारण घटेको घट्ना हो । यो समस्या तत्कालै सृजित भएको हैन ।
हिजै देखि यो खालको समस्या मेची देखि महाकालीसम्म थिए । यस्ता समस्याहरु नेपाल सरकारले भारत सरकारसँग द्धिपक्षिय सहमतिबाटै समाधान गर्ने पहल गर्नुपर्दथ्यो । त्यो हुन सकेन त्यसैको परिणाम स्वरुप कञ्चनपुरको घट्ना घटेको हो ।
यो घट्ना भएको ठाउँ नो म्यानस लेण्डबाट १५० मिटर भित्र एउटा नाला छ ।
त्यो नालाबाट नेपाल र भारतका जनताहरु आवतजावत गर्ने गर्दछन् । वर्षायाममा यहाँ पानी जम्माभएर हिड्डुलका लागि एकदमै कठिनाई हुने गर्दछ । त्यसैकारण नगरपालिकाले ह्युम पाइप राख्ने योजना बनाएको रहेछ ।
त्यो बनाउन खोज्दा भारतीयहरुले यो विवादित भूभाग भनेपछि दुबैपक्षका अधिकारीहरु बसेर तत्कालै अस्थायी ह्युमपाइप राख्ने सहमति भयो । घट्ना भएको अघिल्लो दिन २५ गते ह्युमपाइप राखेर किनारामा बालुवा राखी इट्टाभट्टाबाट निस्किएका टुक्राहरु भट्टाका मालिकको निःशुल्क सहयोगमा प्राप्त भएका थिए । त्यहीदिन राती आनन्दबजारमा एसएसबी आएर कुटपिट नै गरेछन् । एक जना मृतक परिवारका नातेदार महिलाका भनाई अनुसार आफुहरु केयौ चोटी भारतीय सुरक्षाकर्मीबाट अपमानित र बलात्कृत हुनुपरेको बताइन् । उनले भनिन् ‘हामीलाई नेपालका तर्फबाट कुनै सुरक्षा नै छैन’ ।
नेपाली प्रशासन २५ गते नै संवेदनशील बन्नुपर्दथ्यो । त्यो बनेको पाइएन । त्यो खबर मलाई २६ गते मात्रै प्राप्त भयो । त्यसपछि क्षेत्रिय प्रशासक र डिआइजीलाई तुरुन्तै पहलकदमी लिन र स्थितिलाई गंभिरतापूर्वक ध्यान दिन भनेर टेलिफोन गरे । त्यही समयमै सम्पूर्णानगर कोत्वानीका सब इन्स्पेक्टरले नै गोली चलाएको भन्ने प्रत्यक्षदर्शीको भनाई छ । सईले चलाएको गोली गोविन्दको पेटमा लाग्यो । उनलाई धनगढी अस्पतालमा पुगेर पनि हेरेको छु । मलाई पनि एसएलआर, पिस्तोल र अन्य हतियारको गोलीको खाटा कस्तो हुन्छ जानकारी छ । त्यो पिस्तोलकै गोलीबाट घटेको घट्ना हो जुन सईले नै चलाएका हुन् । सूचना दिँदा दिदै पनि समयमै प्रशासनले ध्यान दिन सकेन । प्रशासन, आन्दोलनकारी र प्रधानमन्त्रीसँग मैले नै संयोजन गरे । त्यसपछि सामान्यकरण गरियो । तर, यो घट्ना जसरी घट्यो यसमा हालको सरकारले एकदमै गंभिरतापूर्वक लिएको छ । हिजोदेखिका सरकारले यस विषयमा जुन उदासिनता देखाएका कारण त्यसको परिणाम स्वरुप कञ्चनपुर घट्ना घटेको हो ।
– नेपाल सरकारले प्राविधिक रुपमा सीमा व्यस्थापनमा बैज्ञानिक बनाउन ध्यान नदिएको देखियो नि ?
निश्चित रुपमा सत्य हो । त्यहाँ २०औँ नम्बरको पिल्लर हराएको छ । त्यो जानकारी सम्बन्धमा समय समयमा जिल्ला प्रशासनमा पनि पत्रचार गरेको बुझिएको छ । त्यहीका जनताहरु मान बहादुर सुनार र अर्का एक जना नेपालीको लालपुर्जा भएको जमिनमा ६ वर्ष देखि भारतीय पक्षले जोत्न दिएका छैनन् । त्यहाँका जनताले समय समयमा आफ्नो पीडा पोख्दै आएका छन् । त्यसैले जनताले सरकार उदासिन भएकोमा आलोचना गर्नु स्वाभाविकै हो । हाम्रो सिमा कहाँसम्म हो भन्ने कुरा जनताले नबुझ्ने कुरै भएन नी ? अलिकति इतिहासहरु त पीडित जनतासँग मौखिक रुपमा नै आउँछन् । हामी हिडेको, भोगेको र देखेको ठाउँ भएका कारण पनि जनताले बोलेको कुरा गलत भन्ने मलाई लागेन । त्यहाँको आर लाइन घट्ना घटेको ठाउँबाट डेडसय मिटर तल हो ।
– नेपालका बुद्धिजीवीहरुले भारत सरकारले माफी माग्नुपर्ने भनिरहेका छन् । त्यसप्रति तपाईको के राय छ ?
मैले यो विषयमा प्रधानमन्त्रीसँग कुरा गर्नासाथ सरकार प्रमुखको नाताले उहाँले समकक्षी भारतीय प्रधानमन्त्री मोदीसँग कुरा गर्ने प्रयास गर्दा उनी कुनै कार्यक्रममा भएका कारण प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबालसँग सम्पर्क भयो । उनले आफू घट्ना प्रति गंभिर भएका कारण पोष्टमार्टम गरिसकेपछि रिपोर्ट पठाईदिनुपर्यो भनेका छन् । त्यसैगरी परराष्ट्र मन्त्रालयबाट पनि भारतीय कार्यबहाक राजदूतलाई बोलाएर स्पष्टीकरण लिइएको छ । माफी माग्नुपर्ने विषयमा पहिलो कुरा हामीले यो गल्ति गरेका हौं भनेर स्वीकार गर्न लगाउनु पर्यो । प्रत्यक्षदर्शी आम जनता र म पार्टीको एक जना जिम्मेवार नेता हुनुको नाताले पनि मैले जे बुझे त्यस अनुसार आर. के. शुक्ला भन्नेले गोली चलाएको हो भन्ने स्पष्ट नै देखिन्छ । भारत सरकार किन आनाकानी गरिरहेको छ भन्ने विषयमा छानविन गर्नुपर्यो । यो घट्नालाई स्वीकार गरेर सम्बन्धलाई अगाडि बढाउने हो भने नेपाल भारत बीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक बन्छ । त्यसका लागि भारतले गल्ति स्वीकार गर्नुपर्दछ । यसरी गल्ति स्वीकार गरेको खण्डमा उ सानो पनि हुँदैन । त्यो कुरा हाम्रो सरकारले कुटनीतिक माध्यामद्धारा पुर्याउन सक्नुपर्यो । अहिले बुद्धिजीवी, राजनीतिज्ञ, बिभिन्न राजनीतिक पार्टी सरकार र कर्मचारी तन्त्र समेतले पहल गर्नुपर्दछ । तिमीहरुको गल्ति हो भनेर भन्न सक्नुपर्दछ । अहिले यो घट्ना बारे मधेसी मोर्चाको धारणा के हो ? उनीहरु पनि एक मधेस एक प्रदेश भन्ने तर परिआएको समयमा जनतालाई स्पष्ट नपार्ने ? यति ठुलो घट्नामा उनीहरुको राय के ? उनीहरुका कुनै पार्टी र नेताहरु किन बोल्दैनन् । नेपाली बुद्धिजिवीहरु काठमाडौं बसेर मात्रै राष्ट्रियताको कुरा गर्ने होइन स्पष्ट धारणा राख्न सक्नुपर्दछ । घट्ना घटिसकेपछि मात्रै वक्तव्यबाजी गर्ने होइन । त्यसको बिकल्प सहितका सुझावहरु आउन जरुरी छ । राष्ट्रघात भनेर मात्रै बक्तव्य बाजी गर्न सुहाउँदैन । राष्ट्रियताका विषयमा आम नेपाली जनताको एक्यवद्धताको जरुरी छ । त्यसपछि मात्रै हामीले सबै समस्याको समाधान गर्न सक्छौं ।
– सरकारले गर्नुपर्ने कामलाई जनता नै सुरक्षाकर्मी जस्तो भएर बस्ने समय कहिले सम्म हो त ?
उनीहरुका सुरक्षाकर्मीहरु साधन र स्रोतले सम्पन्न छन् । हाम्रा सशस्त्र प्रहरीका सिमा सुरक्षा पोष्ट नै कैलाली र कञ्चनपुरमा मात्रै छन् । साथै साधन र स्रोत पनि एकदमै कम छ । साथै उनीहरुलाई अध्ययनको पनि कमि छ । हाम्रो सिमा सम्बन्धी ज्ञान बुद्धिनारायणश्रेष्ठ जस्ताले तालिम दिनुपर्यो । तबमात्रै नेपालको भूगोलका बारेमा जानकारी प्राप्त हुने थियो । साथै सिमामा सुरक्षा पोष्टहरु बढाउन जरुरी छ । साथै त्यह िखालका साधन स्रोत र प्रविधि पनि उपलव्ध गराउनुप¥यो । अन्यथा यस्ता घट्नाहरु घटिरहन्छन् र जनताले नै पहरेदारको भूमिका निभाउनुपर्ने हुन्छ । दोस्रो रमाइलो कुरा के छ भने भारत तर्फका सुरक्षाकर्मीले हामीसँग भनेका थिए ‘नेपालीहरु त अचम्मका हुँदा रहेछन् हतियार देखि पनि डराउँदा रहेनछन् । हाम्रा हतियारका बावजुद पनि ढुङ्गा मुढा पो गरे’ हाम्रा नेपाली दाजुभाइका देशभक्तिको बयान त उनीहरुबाट पनि त गरियो अब सरकार जिम्मेवार बन्ने कि नबने ? हामी अन्य क्षेत्रमा किन लगानी गर्ने अव सिमामा लगानी गर्नुप¥यो । त्यसपछि मात्रै विकासका कुरा गरौँ । त्यसबाट मात्र देशलाई बचाउन सकिन्छ ।
– यो हेपाई त हाम्रो परनिर्भरताका कारण पनि होइन ?
आत्मनिर्भर बन्नु हाम्रा लागि अनिवार्य शर्त नै हो । हाम्रो सिमाको निक्यौल पनि वैज्ञानिक विधि अनुसार भएपनि परनिर्भरताका कारण देशको विकास त हुँदैन । त्यसको अर्थ हामी आत्मनिर्भर भएपनि भारतसँगको व्यापार त भोलि पनि हुन्छ नै । चीन अहिले आत्म निर्भर छ तर, अन्य मुलुकसँग व्यापार त भइरहेको छ नी ? तर, मूख्य कुरा कहाँ नेर हो भने हामी भारतसँग सीमा सुरक्षा राख्नका लागि बैज्ञानिक विधि अप्नाउन सक्छौं कि सक्दैनौं ? त्यो नै मूख्य कुरा हो ।
– मधेसवादी दल एकातिर र एमाले अर्कोतर्फ फर्केर बसेका छन् । स्थानीय तहको निर्वाचन समयमै गर्न सम्भव होला ?
चुनाव संविधानले तोके बमोजिमकै समयमा गर्नुपर्दछ ।त्यस्ता खालका व्यवधानहरु त आइ नै रहन्छन् । सबै एकैठाउँमा बसेर चुनाव गछौँ भनेर लाग्दा कहिल्यै पनि हुँदैन । चुनाव पनि सम्पन्न गर्दै जाने समस्या समाधानका लागि पनि छलफल र बहस पनि निरन्तर गर्दै जाने गर्नुपर्दछ । निर्वाचन एकै चरणमा गर्न नसकेको खण्डमा तीन चरणमा भएपनि सम्पन्न गर्नुपर्दछ । प्रदेश प्रदेशको अलग गरेर पनि गर्न सकिन्छ । परिणाम चाहिँ एकै चोटी गर्न सकिन्छ । अहिले भारतको उत्तर प्रदेशमा पनि विभिन्न चरणमा निर्वाचन सम्पन्न गरिएका छन्
– अन्तमा…. ?
अहिले राष्ट्रिय एकताको आवश्यकता छ । सम्पूर्ण नेपालीहरु साना तिना मतभेद बिर्सेर एक भएको खण्डमा सबैका पीडा र समस्याहरु पनि समाधान गर्न सक्छौँ । हामी आफ्नो मात्रै पीडा पोख्ने होइन अरुको पीडा पनि सुन्ने बानी बसालेको खण्डमा समस्याको हल गर्न सकिन्छ । त्यसपछि मात्रैराष्ट्रिय एकता सुदृढ हुन्छ ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment