Thursday, March 9, 2017

यस्तो छ फागु पूर्णिमाको सुरक्षा तयारी :: के के गर्दा परिन्छ पक्राउ ?



काठमाडौं, फागुन २६ – फागु पूर्णिमामा अर्काको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने र फोहर छ्याप्नेलाई तत्कालै पक्राउ गर्न प्रहरी परिचालन गरिने भएको छ ।
महानगरीय प्रहरी परिसर प्रमुख छविलाल जोशीले फागुलाई लक्ष्य गरी राजधानीमा एक हजार सुरक्षाकर्मी परिचालन गरिएको र फागुको दिन एक सय सात ठाउँमा सुरक्षा जाँचका लागि प्रहरी खटाइने जानकारी दिनुभएको छ ।

फागुमा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने काम नगर्न सबैसँग अनुरोध गर्दै उहाँले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, हेल्मेट बिना मोटरसाइकल चलाउने र कडा किसिमका रङ खेल्नेलाई समेत पक्राउ गरिने भएकाले त्यस्तो काम कोही कसैलाई नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न सबैसँग अनुरोध गर्नुभयो ।

 यस वर्ष पहाडी जिल्लामा यही फागुन २९ र तराईका जिल्लामा ३० गते फागुपूर्णिमा मनाइँदैछ ।
यस्तो छ सुरक्षा तयारी, सचेत हुन आग्रह

फागुपूर्णिमा सुरक्षा अन्तर्गत १ सय ७ स्थानमा पिकेट, स्ट्राईकिङ्ग, रिजर्भ, मोवाईल, सिआरभि, संयुक्त चेकिङ्ग ट्राफिकसहित, होलि सांस्कृतिक कार्यक्रम मनाउने ८र१० स्थानमा प्रहरी नायव उपरीक्षक सहितको टोलि परिचालन गरिएको छ। होलि सुरक्षा अन्तर्गत एक हजार जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

चाड पर्वको नाममा डोरी टागेर एवं अन्य कुनै प्रक्रियाबाट चन्दा उठाउने कार्य गर्न नदिने प्रहरीले जनाएको छ।

महिला एवं पर्यटकसँग अभद्र व्यवहार गर्ने व्यक्तिहरुलाई कानून बमोजिम नियन्त्रणमा लिइने । 
चाड पर्वको अवसरमा जथाभावी तवरले सार्वजनिक सवारी चलाउने, सार्वजनिक सवारी साधनको छत एवं हुडमा बसेर यात्रा गर्न नदिने तर्फ स्थानिय ट्राफिक कमाण्डरसँग समयमै समन्वय गर्ने र कानुनी कारवाही गर्ने ।

सवारी साधनमा छतमा बसेर अथवा पछाडी बसेर मादक पदार्थ सेवन गरेमा तत्काल सवारी साधनसहित नियन्त्रणमा लिने ।

बिना हेलमेट मोटरसाइकल चलाउने व्यक्ति एवं मोटरसाइकल नियन्त्रणमा लिने । 
जवरजस्ति कसैमाथि रंग भएको पानी हाल्ने, रंग दली दिनेलाई नियन्त्रणमा लिने । 
चाडपर्वको नाममा जवरजस्ति अर्काको घरमा प्रवेश गरि होली खेल्ने लाई नियन्त्रणमा लिने । 
चाडपर्वको नाममा खेलिने जुवा तासलाई नियन्त्रण गर्ने । 
अनुहार नै नचिनिले गरि विभिन्न रङ्ग रोगन गरि हिँड्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिने । 
जवरजस्ति कसैमाथि रंग भएको पानी हाल्ने, रंग दली दिनेलाई नियन्त्रणमा लिने । 
महिलाहरुप्रती दुव्र्यवहार हुन गर्न नदिने र दुव्र्यवहारमा संलग्नलाई कानुन बमोजिम कारवाही गर्ने । 
मादक पदार्थ एवं लागुऔषध समेत सेवन गरि हो हल्ला झैझगडा गरी समाजमा विकृति एवं अशान्ति फैलाउने जस्ता गतिविधि गर्नेलाई प्रचलित कानुन वमोजीम कारवाही गर्ने ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment