Thursday, March 2, 2017

यातायात व्यवस्था विभागका अधिकृत घुस लिँदालिँदै रंगेहात पक्राउ


काठमाडौं, १९ फागुन । यातायात व्यवस्था विभाग मिनभवनका शाखा अधिकृत अर्जुन प्रसाद रिजाललाई घुस रकम लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिँदालिँदै कार्यालयबाटै शाखा अधिकृत रिजाललाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

रिजालले महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने क्रममा घुस रकम मागेको उजुरीको आधारमा खटिएको अख्तियारको टोलीले उनलाई घुस रकमसहित कार्यालय परिषर भित्रैबाट नियन्त्रणमा लिएको जानकारी दिइएको छ । उनकाबारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment