। मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन विवादमा परेकाले ३१ वैशाखमा गर्ने भनिएको स्थानीय निर्वाचन नहुने बताएको छ । संविधान संशोधनविना चुनावमा जान नसक्ने बताएको मोर्चाले यिनै विवादका कारण प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र संसद्को म्याद थप्न लागिपरेको निष्कर्ष निकालेको हो ।
सद्भावना पार्टीका महासचिव मनिष सुमनले संविधान संशोधनविना चुनाव हुनै नसक्ने बताउँदै स्थानीय निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगमा दल दर्ता गरेकाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फिर्ता नलिए मोर्चा छाड्न चेतावनीसमेत दिए ।संघीय समाजवादी फोरम नेपालले निर्वाचन आयोगमा दल दर्ता गराएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र तीव्र विवाद सुरु भएको छ । संविधान संशोधनविना निर्वाचन हुन नदिने अडान लिइरहेको मोर्चाको घटक संघीय समाजवादीले दल दर्ता गरेपछि असन्तुष्टि बढेको हो ।
सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि सरकारसँग रुष्ट बनेको मोर्चा दल दर्ता गराएपछि फोरमसँग झनै असन्तुुष्ट बनेको हो । मोर्चाका बैठकमा उपेन्द्र यादव नेतृत्वको फोरमले दल दर्ता गराएपछि उसको चर्को आलोचना हुने गरेको छ । केही दिनअघि भएको मोर्चाको बैठकमा फोरम नेता अशोक राईलाई दल दर्ताको विषयमा असन्तुष्टि राख्दै निवेदन फिता लिन मोर्चाका अन्य नेताहरूले आग्रह गरेका थिए । तर, यादवको पार्टीले अहिलेसम्म निवेदन फिर्ता नलिएपछि मोर्चाका अन्य नेताहरू आक्रोशित बनेका छन् ।
‘उपेन्द्रजीले दल दर्ता गराएर गम्भीर गल्ती गरेका छन्,’ मोर्चाका नेता मनिष सुमनले मिडिया एनपीसँग भने, ‘दल दर्ताको निवेदन फिर्ता लिन आग्रह गर्दासमेत उहाँहरूले अटेर गर्नुभएको छ ।’ उपेन्द्र यादवले मोर्चामा आबद्ध रहेका दललाई आन्दोलनमै अल्झाएर आफू चाहिँ स्थानीय निर्वाचनमा भाग लिने रणनीतिमा लागेको हुनसक्ने मोर्चा नेताहरूको बुझाई छ ।
मोर्चामा रहेका सातमध्ये एक दलले दल दर्ता गरेर मोर्चालाई केही फरक नपर्ने उनले बताए । ‘एक दलले दल दर्ता गरेर केही फरक पर्दैन,’ उनले भने, ‘उपेन्द्रजीसँग अझै दुई विकल्प छन् कि मोर्चा छोड्नुु पर्यो कि निर्वाचनमा जाँदिनँ भन्नु पर्यो ।’ मोर्चाको निर्णय नमान्ने हो भने यादवको पार्टीले मोर्चा छोड्नुुपर्ने उनको भनाइ छ ।
सरकारसँगको विश्वास घट्यो
नेता सुमनले सरकार अविश्वासको खाडल बढाउन लागिपरेको आरोपसमेत लगाए । संशोधनविना कुनै पनि हातमा निर्वाचन नहुने र हुन नदिने उनको दाबी छ । संशोधनमा परेका थप संशोधनमाथि छलफल गर्दै विधेयक पास गराउने कुरामा सरकार उदासीन रहेको भन्दै सरकारसँगको विश्वाससमेत घट्न थालेको उनको भनाइ छ ।
‘सरकार संशोधन गराउने विषयमा उदासीन छ,’ उनले भने, ‘सरकार गम्भीर नबन्दा ऊसँगको विश्वाससमेत घट्न थालेको छ ।’ बुधबारको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पारित नहुने संशोधन प्रस्ताव स्थगन गरेर चुनावमा जानुपर्ने भनाइ राखेपछि मोर्चा सरकारसँग भड्किएको छ । संशोधनविना मोर्चाले दल दर्ता पनि नगर्ने र निर्वाचन हुन नदिने उनको दाबी छ ।
पेल्न खोजे आन्दोलन
उनले सरकार पेलेर अघि बढ्न खोजे मोर्चा आन्दोलनमा जाने बताए । आन्दोलन नै अन्तिम विकल्प भएका कारण सरकारविरुद्ध आन्दोलन गर्ने उनको भनाइ छ । ‘माग सम्बोधन भएन भने पुनः आन्दोलनमा जान्छौ,’ उनले भने, ‘त्यो आन्दोलन जनतालाई कम सास्ती दिने र सरकारलाई बढी प्रेसर दिने खालको शान्तिपूूर्ण हुन्छ ।’ यद्यपि उनले सरकारसँग अहिले पनि मोर्चा थोरै आशावादी रहेको बताए ।
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment