Wednesday, March 8, 2017

पशुपति मन्दिर जोखिममा, भासिने क्रम रोकिएन


 पशुपति क्षेत्रको जमिन निरन्तर बगिरहेको छ । जमिन निरन्तर बगिरहेकाले वाग्मती नदीका पूर्व र पश्चिम किनाराका कतिपय शिवलिङ्ग माथि उठेका र कतिपय मन्दिर धसिइरहेका छन्,

त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् सहप्राध्यापक डा. रञ्जनकुमार दाहालले पशुपति क्षेत्र, श्लेष्मान्तक वन, गुह्येश्वरी क्षेत्रमा देखिएका खाडल, दरार परेका जमिनले त्यो क्षेत्र बगिरहेको पुष्टि भएको बताए ।

जमिन बगेकै कारण पशुपति मन्दिरको पूर्वीद्वारतर्फ पहिरो गएकाले यसअघि लामो समयसम्म पूर्वी क्षेत्रबाट प्रवेश बन्द गरिएको थियो । मन्दिरबाट वाग्मती किनारामा रहेको ब्रह्मनालतर्फ बग्ने जल चुहिएका कारण उक्त समस्या आएको थियो ।

भूकम्पपछि त्यसको अवस्था कस्तो छ भनेर अझै अध्ययन गर्न बाँकी रहेको डा. दाहालले बताए । त्यस क्षेत्रमा जमिन माथिबाट बग्ने पानी र जमिन भित्रबाट बग्ने पानीको समुचित व्यवस्थापन नगरेमा निकै ठूलो समस्या पनि आउनसक्ने विज्ञको भनाइ छ ।

वाग्मती नदीको पूर्वमा १५ शिवालय रहेको क्षेत्रको जमिन पनि भासिएर खाडल पर्दैछ । गुह्येश्वरी मन्दिर क्षेत्रमा पनि वाग्मती किनार क्षेत्र भासिएका कारण मन्दिर पटाङ्गिनीमा नै ठूलो खाडल परेको छ । गतवर्षको भूकम्पपछि उक्त समस्या अझै बढेको पाइएको सहप्राध्यापक दाहालले बताए ।

त्यस्तै विश्वरूप क्षेत्रमा पनि जमिन भासिने क्रम देखिएको छ । तीलगङ्गादेखि गुह्येश्वरीसम्म जथाभावी बाटो खनिएका कारण पनि उक्त क्षेत्रमा पहिरो जाने र जमिन भासिने समस्या देखिएको दाहालले बताए ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment